आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

एन्फाको स्वार्थपनको चपेटामा खेलाडी, टोलेकप खेल्नेदेखि विदेशिन बाध्य

एन्फाको स्वार्थपनको चपेटामा खेलाडी, टोलेकप खेल्नेदेखि विदेशिन बाध्य


  • विजय नेपाली
  • साउन २४ २०७९, मंगलबार

पोखरा, २४ साउन–पछिल्लो समय नेपाली फुटबलमा एक पछि अर्को घटनाहरु घटिरहेका छन् । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका खेलाडीहरु विदेशीने र टोले कप खेल्न बाध्य भइरहेका छन् भने अर्कातिर अखिल नेपाल फुटबल संघ (एन्फा) मा भने पुनः आफ्नो अनुकुलको मानिस राख्न दुई पक्षबिच असन्तुष्टि बढिरहेको छ ।

नेपालका राष्ट्रिय खेलाडीहरु आफ्नो भविष्य खोज्दै विदेशतर्फ पलायन हुदैँ गर्दा भिसा नलागेका खेलाडीहरु भने भारतमा हुने टोले कपमा सहभागिता जनाउँदै गुजारा गरिरहेका छन् ।

यता एन्फामा नव निर्वाचित कार्यसमिति आएपनि आन्तरिक द्धन्द्धको चपेटामा पर्दा खेलाडीको भविष्य प्रति एन्फा गैर जिम्मेवार भएको हो की भन्ने देखिएको छ ।

नयाँ कार्यसमिति आएसँग नेपाली फुटबलमा परिवर्तन आउने परिकल्पना गरेपनि त्यो कल्पनामै सिमित भएको छ ।
नव निर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङ्को पहिलो गाँसमै ढुंगा परेको छ ।

एन्फाको नेतृत्व लिनका लागि पुर्व अध्यक्ष गणेश थापाका छोरा गौरव थापालाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) बनाउने योजना बनाइरहँदा नेम्वाङ्लाई समस्या खड्कीएको हो ।

थापाकै सहयोगमा नेम्वाङले चुनाव जितेका हुन् भने नेतृत्वमा आउने धेरै थापा समुहकै रहेका छन् । यस्तै नेम्वाङले अन्तराष्ट्रिय सम्बन्ध प्रमुखमा नवीन पाँडेलाई नियुक्ति गरेसँगै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित १३ जनाले विरोध गर्दै पाँडेको बर्खास्तको माग गर्दै पटक पटक बोर्ड बैठक स्थगित गरेका छन् ।

एन्फाले २६ गते बैठक बस्ने भन्दै साउन ५ गते कार्यकसमिति सदस्यलाई पत्राचार गरेको थियो । असार ६ गते निर्वाचित कार्यसमितिको पहिलो बैठक असार ८ गते बसेको थियो ।

दोस्रो बैठक साउन २ गते बस्ने भनिएपनि अध्यक्ष अस्वस्थ भएपछि स्थगित भएको थियो । त्यसपछि साउन ५ गते डाकिएको बैठक एजेण्डामा प्रवेश नै नगराई नेम्वाङले स्थगित गराएका थिए ।

निर्वाचित भएर आउन नपाउँदै कार्यसमितिमा बहुमत पदाधिकारी र सदस्यहरुले विरोध गर्दा नेम्वाङ संकटमा परेका छन् ।

उनीहरु एकै प्यानलबाट निर्वाचन लडेपनि अहिले अलग अलग समुहमा विभाजित भएका छन् । यो एन्फाका लागि पक्कैपनि सुखद् हुने छैन् ।

यो घटनाले एन्फामा रहेका पदाधिकारीको स्वार्थ त पुरा होला यस्को असर प्रत्येक्ष रुपमा नेपाली फुटबललाई परिरहेको छ ।
एन्फाले सुरुवातमै गलत मार्ग रोज्दै राजनितिलाई अगाँल्दा खेलाडी भने निकै मर्कामा परेका छन् । खेलाडीले एन्फाबाट उचित निर्णय नआउँदा र खेलाडीको भविष्य नै अन्योलमा पर्दा अधिकांश खेलाडी विदेशिन बाध्य भइरहेका छन् ।

खेलाडी यसरी पलायन हुदा समेत एन्फाले कुनै तर्क नगर्नु खेलाडी प्रति उत्तरदायी नभएको हो की भन्ने देखिन्छ । उसो त नेपाली फुटबलको साख झनझन खस्किदै गइरहेको छ ।

नेपाली फुटबलमा आमुल परिवर्र्तन चाहि रहेको अवस्थामा नेतृत्वमा हुने राजनितिकरण र स्वार्थपनले खेलाडी उत्पादनदेखी खेल प्रदर्सनसम्म प्रत्यक्ष प्रभाव पारिरहेको छ ।

एन्फाको विवाद र खेलको अन्योलताकै कारण खेलाडीहरु सुगम भविष्यका लागि यतिबेला विदेशीन थालेका हुन् ।  पछिल्लो समय लगातार विदेशीने खेलाडीमा सन्तोष तामाङ, हेमन्त थापामगर, आशिष लामा, सुमन लामा, दर्शन गुरुङ, नविन गुरुङ, विमल राना लगायत रहेका छन् ।

नेपालमा पहिलो पटक प्रवेश गरेको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) पहिलो संस्करण सकिएसँगै दोस्रो संस्करण एन्फाकै कारण अन्योलमा पर्दा खेलाडीहरुमा एन्फाप्रति वितृष्ण बढिरहेको छ ।

यसैको प्रभावका कारण निकै जोखिम मानिने टोले कप अर्थात् विभिन्न स्थानीय क्लबहरुको आयोजनामा हुने साना प्रतियोगिता खेल्न बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->