आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

फिफा विश्वकपको उद्घाटन खेलको मिति स¥यो

फिफा विश्वकपको उद्घाटन खेलको मिति स¥यो


  • ढोरपाटन सम्वाददाता
  • साउन २७ २०७९, शुक्रबार

पोखरा, २७ साउन–कतारमा आयोजना हुन लागेको फिफा विश्वकप २०२२ को उद्घाटन खेलको मिति एक दिन अघि सारिएको छ ।

काउन्सिल ब्युरोको सर्वसम्मत निर्णय अनुसार उद्घाटन खेलको मिति परिवर्तन गरिएको हो । फिफाका अनुसार आयोजक कतार र इक्वेडबीच अल बायत फुटबल रंगशालामा हुने खेल अब २० नोभेम्बरमा हुनेछ ।

यसअघि कतार विश्वकपको उद्घाटन खेलमा नोभेम्बर २१ मा हुने तालिका थियो । विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।

३२ राष्ट्रको सहभागिता रहेको विश्वकपमा ८ समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा कतार, इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स, समूह ‘बी’ मा इंग्ल्यान्ड, इरान, अमेरिका र वेल्स, समूह ‘सी’ मा अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्यान्ड,

समूह ‘डी’ मा फ्रान्स, अष्ट्रेलिया, डेनमार्क र ट्युनिसिया, समूह ‘ई’ मा स्पेन, कोस्टारिका, जर्मनी र जापान, समूह ‘एफ’ मा बेल्जियम, क्यानडा, मोरोक्को र क्रोएसिया,

समूह ‘जी’ मा ब्राजिल, सर्विया, स्वीट्जरल्यान्ड र क्यामरुन तथा समूह ‘एच’ मा पोर्चुगल, घाना, उरुग्वे र दक्षिण कोरिया रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->