आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

क्यानले नवौंसँग मिति जुधाउँदै टी–२० लिग गर्ने तयारीमा

क्यानले नवौंसँग मिति जुधाउँदै टी–२० लिग गर्ने तयारीमा


  • ढोरपाटन सम्वाददाता
  • साउन २८ २०७९, शनिबार

पोखरा, २८ साउन–नेपाल क्रिकेट संघ (क्यान) ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितासँग मिति जुधाउँदै पहिलो पटक टी–२० राष्ट्रिय लिग गर्न लागेको छ ।

नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा आगामी असोज २८ गतेदेखी कार्तिक ३ गतेसम्म नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्दै छ ।

तर, क्यानले उक्त प्रतियोगितालाई वेवास्ता गर्दै असोज र कार्तिकमैै लिग गर्न लागेको हो । क्यानले असोज ८ गतेदेखी कार्तिक ५ गतेसम्म पहिलो संस्करणको टी–२० क्रिकेट लिगको आयोजना गर्ने भएको छ ।

क्यानले लिग सफल बनाउनका लागि आवश्यक तयारी समेत थालि सकेको छ । यो लिगले नवौंलाई प्रभाव पर्ने निश्चित रहेको छ । क्यानले टियु क्रिकेट मैदानमा लिगको आयोजना गर्नेछ ।

यस्तै अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि नवौं सँग मिति जुधाउँदै नेपालकै पहिलो फ्रेन्चाइज नेपाल सुपर लिगको मिति दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->