आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

राष्ट्रिय फुटसल लिग चैतमा

राष्ट्रिय फुटसल लिग चैतमा


  • विजय नेपाली
  • साउन २९ २०७९, आइतबार

पोखरा, २९ साउन– अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय ए डिभिजन फुटसल लिग चैतमा गर्ने निर्णय गरेको छ ।

एन्फाले तयार गरेको क्यालेन्डर अनुसार राष्ट्रिय फुटसल लिग चैतमा हुने भएको हो । लिग चैत ६ गतेदेखि ३० गतेसम्म सञ्चालन हुनेछ ।

लिग कहाँ हुने त्यो टुंगोल लागेको छैन् । यस्तै असोज २४ देखि कार्तिक ५ गतेसम्म लिगको छनोट प्रतियोगिता गर्ने भएको छ ।

यस अघि एन्फाले असोजमा राष्ट्रिय फुटसल लिग पोखरामा गरेको थियो । पोखरा रंगशाला स्थित बहुउदेश्यीय कर्भडहलमा भएको पहिलो संस्करणमा स्पोस्ट्र्स क्यासल च्याम्पियन भएको थियो ।

पहिलो संस्करणमा १० टिमको सहभागिता रहेको थियो । असोज २ गतेदेखी चलेको लिगमा च्याम्पियन हुँदै क्यासलले १० लाख रुपैयाँ हात पारेको थियो भने उपविजेता बनेको शंखमुलले ५ लाख रुपैयाँ प्राप्त गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->