पोखरा/नेपाल प्रहरीले काठमाडौंबाट विदेश पठाइदिने बाहानामा रकम ठगि गर्दै आइका दुई जनालाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ ।
वर्किङ भिषा र सिजनल भिषमा विदेश पठाउने बाहानमा रकम ठगी गरेको आरोपमा अविनाश कार्की र अमिर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
सिन्धुपाल्चोक सुनकोशी गाउँपाकिला ७ खाडिचौर घर भई काठमाडौं टोखा बस्दै आएका २७ वर्षे अविनाश कार्कीले दैलेख दुल्लु नगरपालिका २ माथिगाउँ भर भई हाल काठमाडौं बस्दै आएका खेमराज थापालाई वर्किङ भिषामा दुवई पठाइदिने बाहानामा ७ लाख ५० हजार लाग्ने भन्दै ठगी गरेको आरोपमा पक्राउ गरेको हो ।
दुवईको सुरक्षा गार्डको काम लगाइदिने र मासिक १ लाख रुपैयाँसम्म तलब हुन्छ भन्दै विश्वास दिलाई ७ लाख ५० हजार रुपैयाँ ठगी गरेको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत तथा प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिए ।
यस्तै इलाम नारायणटार घरभई हाल काठमाडौं बस्दै आएका ३७ वर्षिय अमिर श्रेष्ठले ५ जनालाई बेलायत पठाइदिने बाहानामा ठगि गरेको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।
उनले सिजनल भिषामा बेलायत जानकालागि प्रतिव्यक्ति ९ लाख रुपैयाँ लाग्ने र मासिक ४ लाख रुपैयाँ तलब हुने विश्वास दिलाई ठगि गरेका प्रहरीले बताएको छ ।
उनले पाँचजनाबाट १५ लाख रुपैयाँ लिएर सम्पर्क विहिन भएका थिए । प्रकाश विरुद्ध उजुरी परेपछि प्रहरीले खोजतलासी गरी सिनामंगल शम्भुमार्गबाट पक्राउ गरेको सूचना अधिकृत कोइरालाले जानकारी दिए ।





