पोखरा, ३० साउन–नदेरल्याण्ड पठाइदिन्छु भन्दै ठगि गर्ने ३५ वर्षिय प्रकाश राईलाई प्रहरीले पक्राउ गरेको छ ।
खोटाङ बाह्रपोखरी गाउँपालिका ५ देवथान घरभई हाल काठमाडौं कोटेश्वर बस्दैआएका पुन ह्युमन रिसोर्सेस प्रा.लि. संचालन गर्दै आएका राईलाइ प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको हो ।
उनले रसुवा गोसाइाकुण्ड गाउँपालिका ५ ठूलोस्यात्रु घरभई हाल काठमाडौं नागार्जुन नगरपालिका १ ढुङ्गेधारा बस्ने २७ वर्षिय निमा काल्तेन तामाङ सहित अन्य १६ जनालाई ठगि गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
राईले वर्किङ भिषमा नेदरल्याण्ड जानका लागि प्रतिव्यक्ति १६ लाख रुपैयाँ लाग्ने र पानीजहाजको सिम्यानको रुपमा काम लगाउने भनि ठगि गर्दै आएको महानगरीय अपराध महाशाखा काठमाडौंका सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिए ।
। उनले सुरुमा नेपाली ७५ हजार रुपैयाँ तलब हुने बताएको कोइरालाले बताए । म्यानपावर संचालक राईले १६ जनाबाट १ करोड ३६ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्क विहिन भएका थिए ।
वैदेशिक रोजगार विभागबाट पक्राउ गरी उपस्थिति गराइदिन पत्राचार गरेपश्चात पक्राउ गरेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए ।





