आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

फिफाद्धारा भारतलाई अनिश्चित प्रतिबन्ध

फिफाद्धारा भारतलाई अनिश्चित प्रतिबन्ध


  • ढोरपाटन सम्वाददाता
  • साउन ३१ २०७९, मंगलबार

पोखरा/ विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा)ले भारतमाथि प्रतिबन्ध लगाएको छ ।

रतको फुटबल निकाय अखिल भारत फुटबल संघ (आईएफएफ) मा बाहिरी शक्तिको हाबि भएपछि प्रतिबन्ध लगाएको हो ।

आईएफएफमा बढ्दो राजनितिका कारण फिफाले पटक पटक चेतावनी दिदैँ आएको थियो । भारतीय फुटबल संघले विधान विपरीत कार्य गर्दै आइरहेको थियो ।

विधान विपरीत गएपछि भारतको सर्वोच्च अदालतले संघको निर्वाचन गराउन निर्देशन दिएको थियो । संघले आफ्नै बोर्ड समिति गठन गरेपछि फिफाले त्यसो नर्गन पत्रचार समेत गरेको थियो ।

तर, फिफाको निर्देशन र नियम विपरीत लागेपछि प्रतिबन्ध लगाएको हो । अब भारतले कुनैपनि फिफा र एएफसी मान्यता प्रतियोगिता खेल्न पाउनेछैनन् ।

त्यतिमात्र होइन् भारतका कुनैपनि क्लबले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता खेल्न पाउने छैनन् ।

आगामी अक्टोबरमा भारतले यू– महिला विश्वकपको आयोजना गर्ने तयारी गरेको थियो । प्रतिबन्धसँगै उक्त प्रतियोगिता अन्यत्र सर्ने भएको छ ।

अब भारत फुटबल संघले आफ्नै कार्य सम्पादन सुरु गरेको खण्डमा मात्रै निलम्बनबाट बच्न सक्नेछ ।

निलम्बनसँगै नेपालमा आयोजना हुने साफ च्याम्पियनसिप प्रतियोगिताबाट समेत भारत बाहिरीएको छ । ७ टोलीबीच हुने प्रतियोगितामा अब ६ टोलीको सहभागिता रहने भएको छ ।

नेपालमा आगामी भदौ २१ गतेदेखी असोज २३ गतेसम्म दशरथ रंगशालामा हुदैँछ । भारत डिफेन्डिङ च्याम्पियन राष्ट्र हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->