आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकीबाट साढे ३ करोड निकासा

नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकीबाट साढे ३ करोड निकासा


  • ढोरपाटन सम्वाददाता
  • भाद्र ४ २०७९, शनिबार

पोखरा/गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुदका लागि प्रदेश सरकारले पहिलो चरणमा तीन करोड ४६ लाख रुपैयाँ निकासा गरेको छ ।

खेलाडीको बन्द प्रशिक्षण, खेल सामग्री, खेलाडी छनोट लगायतका लागि अर्थमन्त्रालयले ३ करोड ४६ लाख रुपैयाँ उपलव्ध गराएको हो ।

प्रदेश खेलकुद परिषद्को माग र युवा तथा खेलकुद मन्त्रालयको सिफारिस अनुसार मन्त्रालयले सो रकम निकासा गरेको प्रदेश सरकारका अर्थमन्त्री रामजी प्रसाद बरालले जानकारी दिए ।

खेलकुद मन्त्रालयले पाँच करोड रुपैयाँ माग गरेपनि अर्थ मन्त्रालयले हालका लागि सो रकम उपलव्ध गराएको हो ।

आगामी असोज २८ देखी कात्तिक ३ गतेसम्म हुने प्रतियोगितामा ३६ र दुई प्रदर्शनी खेल गरी ३८ खेल हुनेछन् ।

सम्बन्धित समाचार-https://dhorpatannews.com/2022/08/83812/

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->