आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नवौं राष्ट्रिय खेलकुद : प्रशिक्षण छैनन्, पदकको आश

नवौं राष्ट्रिय खेलकुद : प्रशिक्षण छैनन्, पदकको आश


  • ढोरपाटन संवाददाता
  • भाद्र ४ २०७९, शनिबार

पोखरा/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आउन २ महिना बाँकी छ । प्रतियोगिता ढोकैमा आउँदा पनि गण्डकीले अझै खेलाडी छनोट गरेको छैन । खेलाडीहरु आफ्नै तौरतरिकाले प्रशिक्षण गर्न बाध्य छन् । छनोट ढिला भएकोमा खेल संस्थाहरुको आलोचना भएको छ । यही आलोचना चिर्न शुक्रबारदेखि खेलाडी छनोटको तयारी थालेको छ । प्रदेश खेलकुद परिषद्ले पहिलो चरणमा पोखरामा आयोजना हुने १५ खेलको प्रशिक्षण थालेको घोषणा गरिएको छ ।

कास्कीसँगै नवलपुर,स्याङ्जा, गोरखा र बागलुङमा प्रशिक्षण थालेको छ । नवौं लक्षित खेलाडी छनोट र बन्द प्रशिक्षणलाई लिएर प्रदेशले ‘स्टेट गेम’ को अवधारणा पनि ल्याएको छ ।

प्रशिक्षणको उदुघाटन गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले खेल व्यवस्थापन र सम्मान सत्कारमा कमी नगर्न खेल संस्थाहरुलाई निर्देशन दिए उनले उत्कृष्ट खेल प्रदर्शन र पदकहरु जित्न नसक्दा नवौं खेलकुदले गण्डकीवासीलाई खुसी दिन नसक्ने पनि उनले बताए । खेल क्षेत्रमा संघीयता आउन नसकेको उनको भनाइ थियो ।

गण्डकी प्रदेश खेलकुद मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले खेलाडीलाई धेरै पदक ल्याउन अनुरोध गरे । कार्यक्रम संयोजक तारामाया चापागाईंले ऐतिहासिक क्षणमा रहेको र विशेष प्रशिक्षणले खेलाडीमा थप हौसला प्रदान गर्ने बताउँदै मेडलको आशा गरिन् । उनले ७ प्रदेश, ३ विभागीय र १ एनआरएनबीच हुने प्रतियोगितामा गण्डकीले धेरै मेडला ल्याउँने आशा गरिएको बताइन् । उनीहरुको कुरा सुनेर खेलाडीहरुले भने गुनासो पोखे । उनीहरुले समय थोरै रहेका कारण समस्या भएको बताए । एक खेलाडीले आफुहरुले नै प्रशिक्षण गर्दै आइरहेको र नयाँ कुरा अझै सिक्न नपाएको सुनाए ।

६ खेलका मात्रै प्रशिक्षक : सदस्य सचिव गुरुङ

प्रदेश खेलकुद परिषद्का अध्यक्ष तेजबहादुर गुरुङका अनुसार गण्डकी ५÷६ खेलमा मात्रै आधिकारिक प्रशिक्षक रहेको छन् । ‘३६ खेलमध्ये ५/६ खेलमा मात्रै प्रशिक्षक छन् । अन्य खेलमा स्वयम्सेवक र सिनियर खेलाडीहरुले नै सिकाउँदै आएका छन्’, उनले भने,‘ यस्तो तरिकाले खेलकुदको विकास हुँदैन ।’ उनले विशेष प्रशिक्षणमा प्रशिक्षकलाई समेत प्रशिक्षण दिने बताए । जसका लागि काठमाडौंबाट एथलेटिक्सका प्रशिक्षक शुशिल नरसिंह राना आएका छन् । उनी प्रशिक्षक मात्रै नभइ प्रशिक्षकका लागि प्रशिक्षण दिने कुशल व्यक्ति रहेको गुरुङले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->