आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

माओवादी पदाधिकारीमा गण्डकी ६ जना

माओवादी पदाधिकारीमा गण्डकी ६ जना

२१ सदस्यीय माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि जन्मले गण्डकीकै हुन् । कतिसम्म भने उनलाई कास्की क्षेत्र नम्बर ३ बाट चुनाव लड्न आग्रह नै गरिएको थियो ।


  • ढोरपाटन संवाददाता
  • भाद्र ५ २०७९, आइतबार

पोखरा/ माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ जन्मले कस्केली हुन् । कास्कीको लेवाडेमा जन्मेका दाहाल पिता मुक्तिरामले २०१९ मा चितवन बसाइँ सर्ने निर्णय गरे । पिता मुक्तिराम र माता भवानीको हात समाउँदै ८ वर्षीय छविलाल चितवन झरे । छिनछिनमा पानी पर्ने चिसो लेवाडेबाट प्रचण्ड गर्मी चितवन झरेका छविलालले १० कक्षामा पढ्दा नाम बदले । पुष्पकमल बने ।

पढाइ सकेर मास्टर हुँदा उनी पुष्पलालले गठन गरेको माक्र्सवादी समूहका सदस्य बने । ३२ सालतिर अमेरिकी सहयोग नियोग (युएसएड) मा जागिरे हुनु अगावै उनले २०३१ सालमा माक्र्सवादी अध्ययन केन्द्र गठन गरिसकेका थिए । २०३४ सालमा मोहनविक्रम सिंह नेतृत्वको चौथो महाधिवेशन प्रवेश गरेका प्रचण्ड २०३८ सालदेखि भूमिगत नै भए । २०४६ सालमा नेकपा मसालको महामन्त्री भएयता उनी माओवादी राजनीतिको शीर्ष स्थानमा छन् । २०५७ सालमा सम्पन्न माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा पदोन्नति भएका प्रचण्डलाई आठौं महाधिवेशनले सर्वसम्मत अध्यक्ष छान्यो ।

पार्टीमा उनलाई टक्कर दिने वा उनको उत्तराधिकारी दावी गर्ने दोस्रो व्यक्ति हालसम्म तयार छैनन् । गोरखाका डा. बाबुराम भट्टराई, प्रचण्डकै राजनीतिक गुरु मोहन वैद्य, समकक्षी रामबहादुर थापाले पार्टी छाडेपछि यो अवस्था आएको हो । प्रचण्डको विहे कास्कीमै भएको हो भने छोरा प्रकाशले पनि यहीँकी सिर्जना त्रिपाठीसँग विहे गरेका थिए ।

पोखरा आउने क्रममा प्रचण्ड पोखरासँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताउँछन् । कतिसमम भने माओवादीका केही नेताहरुले प्रचण्डलाई आउँदो चुनाव कास्की क्षेत्र नम्बर ३ बाट लड्न आग्रह पनि गरेका थिए । तर, चितवनबाट भागेको सन्देश जाने भन्दै प्रचण्डले जापान पुगेर आफू चितवनबाटै चुनाव लड्ने घोषणा गरेपछि त्यो सम्भावना धकेलिएको छ ।

गएको पुसमा सम्पन्न महाधिवेशनले अध्यक्षमा प्रचण्ड र २३६ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरे पनि पदाधिकारी छान्न सकेन । असारमा बसेको केन्द्रीय कमिटीको बैठकले नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरालाई उपाध्यक्ष चयन ग¥यो । नारायणकाजी गोखराका हुन् ।

पदाधिकारीका आकांक्षी धेरै भएपछि प्रचण्डले केन्द्रीय कमिटीलाई पूर्णता दिन सकेनन् । माओवादीको शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले अन्य पदाधिकारी चयन गर्दा भने एकाएक गण्डकीका देव गुरुङले महासचिव पद पाए । कम्युनिष्ट पार्टीमा अध्यक्षपछि महासचिवलाई कार्यकारी पद मानिन्छ । महासचिव बनेसँगै गुरुङ माओवादी केन्द्रको शक्तिशाली नेता बनेका छन् ।

पार्टी विभाजन हुँदा मोहन वैद्य समूह रोजेका र पछि पुरानै घर फर्केका गुरुङ महासचिव बन्दा गण्डकीका दीनानाथ शर्मा,देवेन्द्र पौडेल र हितराज पाण्डे, हितमान शाक्य सचिव भएका छन् । दीनानाथ, हितमान र देवेन्द्र बागलुङका हुन् भने हितराज गोरखाका । विशेष महाधिवेशनसम्मको लागि यही टिमले काम गर्ने माओवादीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->