मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

माझठाना-पोखरा सम्पर्क समाज गर्यो ३२ युनिट रगत संकलन

माझठाना-पोखरा सम्पर्क समाज गर्यो ३२ युनिट रगत संकलन


  • ढोरपाटन संवाददाता
  • भाद्र ११ २०७९, शनिबार

पोखरा/माझठाना—पोखरा सम्पर्क समाजको आयोजना एवम् रक्तसञ्चार केन्द्र रामघाटको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा ३२ युनिट रगत संकलन भएको छ । रक्तदान जीवनदान भन्ने मूल नारासहित अमरसिंह चोकमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले पहिलो रक्तदाता रामचन्द्र तिवारीलाई व्लड व्याग हस्तान्तरण गर्दै रगतको विकल्प नभएको हुँदा रक्तदानमा सहभागी बन्न युवा वर्गलाई आव्हान गरेका थिए । समाजका अध्यक्ष दयाराम तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका–२८ वडाअध्यक्ष एवम् संस्थापक अध्यक्ष श्रीकृष्ण लामिछाने, संस्थाका सल्लाहकार ऋषिराम लामिछाने, हरि बास्तोला, सूर्य तिवारी, निवर्तमान अध्यक्ष दुर्गादत्त भुर्तेल, संस्थाका पदाधिकारी लगायतले रक्तदातालाई रक्तदानको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->