पोखरा/ नेकपा एमाले पोखरा महानगर कमिटी वडा नम्वर १० को आयोजनामा वडास्तरीय कार्यकर्ता प्रशिक्षण तथा तीजको दरखाने कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वोल्दै नेकपा एमाले केन्द्रीय अनुसाशन आयोगका सदस्य मित्रकुमारी गुरुङ सुवेदीले मंसिरमा हुने संघ र प्रदेशको चुनावमा पार्टीले ३३ प्रतिशत महिला उम्मेदवार बनाउनुपर्ने माग गरिन् ।
एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनन्जय दवाडीले अपवित्र गठबन्धन सरकारले मुलुकलाई धरासायी बनाउँदै लगिरहेकाले आरोप लगाए । एमाले गण्डकी प्रदेश कमिटी कार्यालय सचिव माधव बास्तोला, जिल्ला कमिटीको अध्यक्ष मनबहादुर गुरुङ, गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य रामबहादुर थापा मगर, प्रदेश कमिटी सदस्यहरु गंगा कुंवर, हिमालय बख्रेल, महानगर कमिटीको अध्यक्ष दिलिप न्यौपाने, जिल्ला कमिटी सदस्य बालकृष्ण शर्मा, महानगर कमिटी सदस्यहरु लिलाधर अधिकारी, सीता कुमारी भुषाल, लज्जावति दुरा, मान बहादुर थापा मगरलगायतको उपस्थिति रहेको थियो भने कार्यक्रममा वडा नम्वर १० का पार्टी कमिटी, विभिन्न जनवर्गीय संगठन, मोर्चा कमिटी र सुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।
नेकपा एमाले पोखरा महानगर कमिटि वडा नम्बर १० को अध्यक्ष सूर्यबहादुर बानियाको अध्यक्षता सम्पन्न कार्यक्रममा वडा कमिटी १० का उपसचिव जानुका अधिकारीले स्वागत मन्तब्य राखेकी थिइन ।





