पोखरा, १९ भदौ– कांग्रेसका प्रदेश सभापति शुक्रराज शर्मादेखि गण्डकी सरकारका मन्त्रीद्वयले मुख्यमन्त्री बन्ने इच्छाका साथ प्रदेशसभा रोजिरहँदा एमालेको हेभिवेट नेताले पनि मुख्यमन्त्रीकै लालसामा प्रदेशसभा रोजेका छन् ।
कांग्रेस गण्डकी सभापति शर्माले आफ्नो नाम समानुपातिकमा हालेका छन भने एउटै वडा, एउटै निर्वाचन क्षेत्रका मन्त्रीद्वय विन्दुकुमार थापा र कुमार खड्काले कास्की २ ‘ख’ बाट प्रदेशसभाको चुनाव लड्न इच्छा देखाएका छन ।यस्तै, गण्डकीका संस्थापक मुख्यमन्त्री तथा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङको इच्छा पनि प्रदेशसभामा नै देखिएको छ ।
तत्कालीन नेकपाको दुइतिहाई र एमालेको एकल सरकार गरि गण्डकी सरकारको दुइ कार्यकालमा गरि करिब साढे ३ वर्ष सरकार चलाएका थिए ।उनै गुरुङको नाम लमजुङ ‘ख’ बाट सिफारिस भएको छ ।
एमालेले पृथ्वीसुब्बालाई गण्डकीको मुख्यमन्त्रीको एजेन्डा नै बनाएको छ । गुरुङ यसअघि पनि सोही क्षेत्रबाटै निर्वाचित भएका हुन । गुरुङसँगै पार्टी जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीको नाम पनि उम्मेदवारमा सिफारिस भएको छ ।प्रतिनिधिसभामा जाने चर्चाबिच गुरुङको नाम प्रदेशसभामा सिफारिस भएको हो । यद्यपी अन्तिम निर्णय केन्द्रीय कमिटीले गर्ने भएकाले उपमहासचिव गुुरूङ फेरि प्रदेशमा आउने वा प्रतिनिधीसभा लड्ने निश्चित चाहिँ छैन ।
एमालेले अघिल्लो निर्वाचनमा १७ प्रत्यक्ष तथा १० समानुपातिक गरि २७ सांसद जितेको थियो । गुरुङसँगै तनहुँका किरण गुरुङ पनि प्रदेशसभामा नै विजयी भएका थिए ।मुख्यमन्त्री बन्नको लागि संसदीय दलको नेता बन्नुपर्ने प्रावधानका कारण तत्कालीन एमालेभित्र संसदीय दलको नेता को बन्ने भन्ने विषयमा दुई नेताको प्रतिष्पर्धा नै थियो । अन्तिम समयमा एमालेका तत्कालीन महासचिव तथा वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आएर पृथ्वीसुब्बालाई संसदीय दलको नेतामा सहमति गराएका थिए ।त्यतिबेला मुख्यमन्त्रीमा दाबी गरेका किरण अर्थमन्त्री बनेका थिए । यसपटक चाहिँ उनले प्रतिनिधीसभामा इच्छा देखाएका छन ।
पृथ्वीसुब्बा र किरणबिच उमेदवार बन्ने विषयमा समेत छलफल भएको एमाले स्रोतको दाबी छ ।पृथ्वीसुुब्बा फेरि प्रदेशमै आउने भएपछि किरण प्रतिनिधिसभा सदस्य लड्ने भएको एमाले स्रोतले बतायो ।गण्डकीमा एमालेले अहिलेको चुनावपश्चात पनि आफ्नै सरकार बनाउन सक्ने बताउँदै आएको छ । उपमहासचिव गुरुङले नै भदौ ३ गते म्याग्दीको एक कार्यक्रममा बोल्दै एमाले एक्लै भारी हुने बताएका थिए ।
स्थानीय तहको चुनाव हेर्दा गण्डकीमा एमालेले अघिल्लो निर्वाचनको हकमा झन बलियो देखिएको छ । ०७४ को चुनावको समानुपातिक मत हेर्दा पनि एमाले पहिलो दल बनेको थियो । त्यतिबेला एमालेले समानुपातिकमा आफ्ना १० सांसद जिताउन सफल भएको थियो । अहिले पनि समानुपातिक मत नघट्ने र हिमाली जिल्लामा एमाले एक्लैले चुनाव जित्न सक्ने आँकलन र हरेक जिल्लाबाट केही ने केही सिट जितिने विश्लेषणका आधारमा गण्डकीमा सरकार बनाउन सक्ने आशामा एमाले छ ।
सोहीकारण पृथ्वीसुब्बा पुनः प्रदेशमा नै आउन खोजेको विश्लेषकहरुले बताएका छन् ।
प्रदेशसभामा नाम टिपाउने हेभिवेट नेतामा गुरुङ मात्र होइन, एमालेकै संगठन विभाग प्रमुख खगराज अधिकारी पनि छन् । प्रदेश राजधानी कास्कीका अधिकारी कास्की ३ बाट प्रतिनिधीसभामा निर्वाचित भएका सांसद हुन ।
एमालेवृत्तमा गण्डकीको राजनीति आफ्नो प्रभुत्वमा पार्न शक्तिसंघर्ष गर्दा गुटको राजनीति गर्ने नेताको रुपमा गुरुङ र अधिकारीको नाम जोडिन्छ । चाहे त्यो कास्कीको महानगर कमिटी होस, चाहे जिल्ला कमिटी वा स्थानीय तह चुनावमा टिकट सिफारिस देखि लिएर अन्तर्घातको आरोपसम्म । यी दुई नेताका कार्यकर्ताहरुले एकअर्कालाई अन्तर्घाती भन्दै आएका छन ।
शक्तिसंघर्षमा टकराव राख्ने र पार्टी प्रभाव आफ्नो पकडमा राख्ने खोज्ने अर्का नेता अधिकारीको नाम पनि प्रदेशसभामा नै सिफारिस भएको छ । शनिबार नै अधिकारीको निर्वाचन क्षेत्र कास्की १ ‘क’ को क्षेत्रीय कमिटीले अधिकारीको नाम पनि सिफारिस गरेको हो ।
अधिकारी हाल जापान भ्रमणमा छन । वारिसनामार्फत उनको मनोनयन परेपछि सिफारिस गरिएको हो । “मुख्यमन्त्री बन्ने अवस्था आयो भने हाम्रो क्षेत्रबाट किन नबन्ने भनेर शुभेच्छुकले नाम हालिदिएका हुन, मुख्यमन्त्री बाहेक अरु भन्ने चाहिँ हुँदैन ।” अधिकारी निकटका एक कार्यकर्ताले भने । तर, अधिकारीको इच्छा चाहिँ संघमा नै रहेको उनले बताए ।
क्षेत्रीय कमिटीले नाम सिफारिस गरेतापनि अन्तिम निर्णय भने केन्द्रिय कमिटीले नै गर्ने हुँदा यी दुवै नेता संघीय चुनाव लड्ने सम्भावना पनि सकिएको छैन । पार्टीको केन्द्रीय उपमहासचिव भएकाले पृथ्वीसुुब्बा चुुनाव नलडी संघमा समानुुपातिक सांसद हुुनसक्ने चर्चा पनि छ । त्यस्तो भएमा संघमा लमजुुङबाट अर्का एमाले नेता जमिन्द्रमान घले लड्न सक्छन ।
लमजुङको प्रदेशसभा ‘क’ तर्फ धनञ्जय दवाडी, राजकुमार विष्ट र जितबहादुर गुरुङको नाम सिफारिस भएको छ । यसअघि सोही प्रदेश सभा निर्वाचन क्षेत्रबाट दवाडी विजयी भएका थिए ।
लमजुुङमा एउटामात्रै प्रतिनिधिसभा सदस्य निर्वाचत क्षेत्र छ । त्यहाँबाट २०७४ सालमा माओवादी केन्द्रका देव गुुरूङ निर्वाचित भएका थिए । माओवादी महासचिव गुुरूङ यसपटक कास्की १ बाट लड्ने चर्चा छ ।
यता कास्की १ ‘क’ बाट चाहिँ अधिकारी सहित टिकाराम पंगेनी, विष्णुु पुुन र तिलकुुमारी थापाको नाम पनि सिफारिस भएको छ ।
अधिकारीले प्रदेशमा सरकार बन्दा मुुख्यमन्त्री नपाउने हो भने प्रतिनिधिसभा नै लड्ने सर्त पार्टी नेतृत्वलाई राख्ने बताइएको छ ।
गण्डकीबाटै एमाले केन्द्रिय कमिटी सचिव रहेकी स्याङजाकी पद्या अर्याल भने प्रतिनिधीसभामा नै दोहोरिने इच्छा राखेकी छन् ।





