पोखरा/ नेपाली राष्ट्रिय पुरुष टोलीका कप्तान स्पिनर सन्दिप लामिछाने विरुद्ध बलात्कारको आरोप लागेको छ । एक बालिकाले सन्दिपले आफुलाइ बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी हुन् ।
प्रहरी बृत्त गौशालामा मंगलबार बालिकाले सन्दीपविरुद्ध जाहेरी दिएकी हुन् । प्रहरीका अनुसार सन्दिपले भदौ पाँचमा काठमाडौं लाई राती ११ ः ५५ मा काठमाडौं जिल्ला महानगरपालिका ९ स्थित एक होटलमा कोठा नम्बर ३ सय ५ मा राती १२ ः२५ मा बालिकालाई पटक पटक जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरिएको छ । उक्त जाहेरी भदौ २१ मा प्रहरी बृत गौशालामा परेको थियो ।
प्रहरीले उक्त जाहेरी दरखास्त गरि पिडितलाई एकद्धार संकट ब्यस्वस्थापन केन्द्र मा बिस्तृत स्वाथ्य परिक्षण गराएको थियो ।
अनुसन्धानका विविध विधी र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी बृत्त गौशालाबाट संयुक्तरुपमा खटिएको प्रहरीले घटना थप अनुसन्धान गरेको जनाएको छ ।
उता नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान लामिछानेका विषयमा प्रहरीले गर्ने अनुसन्धानलाई सहयोग गर्ने भएको छ ।
क्यानले सन्दीपलाई तत्काल निलम्बन गर्ने भन्ने हल्ला बाहिर आइरहँदा क्यानले भने निलम्बन वा कारबाही नगरेको धारणा सार्वजानिक गरेको छ ।
सन्दिपलाई कप्तानबाट हटाउनेबारे क्यानले तत्काल छलफल नगरेको तर उनले अनुशासन तोडेको विषयमा छानबिन गर्ने क्यानका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले बताए ।
सन्दिप भने हाल वेस्ट इन्डिजमा रहेका छन् । जमैका तालाबाजबाट क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज पुगेका हुन् ।





