आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

माओवादीप्रति जनाताको आश धेरै छ : मन्त्री पौडेल

माओवादीप्रति जनाताको आश धेरै छ : मन्त्री पौडेल


  • ढोरपाटन संवाददाता
  • भाद्र २५ २०७९, शनिबार

पोखरा/शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माओवादी पार्टीप्रति जनताले धेरै आशा गरेको बताएका छन् । प्रेस सेन्टर नेपाल कास्की समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री पौडेलले माओवादीप्रति जनताको आशा धेरै रहेको बताएका हुन् ।

‘जनयुद्धमा जनतालाई जुन सपना देखाएका थियौं, त्यसमा माओवादी टुटफुट र विभाजन हुँदा मुद्दा कमजोर हुने अवस्था आयो’ उनले भने, ‘पार्टी कमजोर भएपनि माओवादीप्रति जनताले धेरै आशा गरेका छन् ।’

मन्त्री पौडेलले संघीयता, धर्मनिरपेक्षता, संविधानबाट संविधान जस्ता उपलब्धी माओवादीले ल्याएको बताउँदै प्रचार नगर्दा अर्केले फाइदा उठाएको बताए । ‘अहिलेको व्यवस्थामा माओवादीहरूले गर्व गर्नुपर्छ, किनकी नेपाल अहिले जुन राजनीतिक कोर्समा अगाडि बढेको छ, त्यो माओवादीकै लाइनमा छ’ उनले भने, ‘संविधानसभाबाट संविधान, संघीयता, गणतन्त्र माओवादीका उपलब्धि हुन् । माओवादीको बाटोमा अरु सबै दल आएका हुन् ।’

मन्त्री पौडेलले माओवादीले ल्याएको एजेण्डालाई संस्थागत गर्नको लागि माओवादी निकट पत्रकारले आक्रामक ढंगले प्रचार मोर्चामा लाग्न निर्देशन दिए । उनले माओवादी कमजोर बन्दा परिवर्तनका एजेण्डाहरू उल्टिन सक्ने खतरा रहेकाले उपलब्धीलाई रक्षा गर्न हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने बताए ।

उनले प्रेस सेन्टरका पत्रकारहरूले व्यवसायीक दक्षतामा समेत वृद्धि गर्नुपर्ने बताउँदै आफ्नै मिडियाको विकास, अन्य मिडियामा हस्तक्षेपकारी प्रचार र सोसल मिडियाको प्रभावकारी उपयोग गरेर अगाडि बढ्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->