शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

ग्लकोटमा डेंगुबारे सचेतना

ग्लकोटमा डेंगुबारे सचेतना


  • ढोरपाटन संवाददाता
  • भाद्र २८ २०७९, मंगलबार

बागलुङ/गलकोटमा डेंगु रोगबारे सचेतना कार्यक्रम संचालन गरिएको छ । पछिल्लो समय जुनसुकै स्थानमा पनि डेंगु देखिन थालेपछि स्वास्थ्यकर्मी र सरोकारवालाको अगुवाइमा डेंगु बारे सचेतना अभियान शुरु भएका हुन् ।

लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको संक्रमण भएमा बिरामीको मृत्युसमेत हुने जोखिम भएकोले सर्तकता आवस्यक पर्ने स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले बताए ।

सोमबार स्वास्थ्य कार्यालय हटिया, उद्योग बाणिज्य संघ गलकोट, महिला स्वास्थ्य स्वयंसेविका, गैरसरकारी संस्था समेतको सहभागितामा बजार क्षेत्रमा डेगु बारे सचेतना ¥याली समेत संचालन भएको थियो । जथाभावी रुपमा थुपारिएका गाडिका टायर व्यवस्थापन गर्न, सरसफाइ गर्न, पानी जम्न नदिन लगायतका सुझाव दिएर बजार बासीलाई सचेत बनाइएको स्वास्थ्य कार्यालय हटियाका प्रमुख दिलु सुवेदीले बताए ।

यो अभियानमा सुआहारा परियोजनाका स्वास्थ्य कार्यकर्ताले पनि साथ दिएका थिए । डेंगु लागेमा उच्च ज्वरो, रुघाखोकीसमेतका लक्षण देखिने गर्छ । कतिपयलाई परीक्षण गर्दा डेंगु पुष्टी समेत भैसकेकोले अभियानको रुपमा सचेतना गर्नु परेको स्वास्थ्यकर्मीले बताए ।

डेंगुविरुद्ध स्वास्थ्य कार्यालयले दशवटै पालिका र सबै स्वास्थ्य चौकीका प्रमुख र अन्य स्वास्थ्यकर्मीलाई तालिम समेत दिएको थियो । साथै उनीहरुकै अगुवाइमा सचेतना कार्यक्रम संचालन गर्न पनि लगाएको हो । रगत जाँचपछि मात्र डेंगु पत्ता लगाउन सकिने भएकोले पालिका तहमा पनि आबस्यक किट पठाइएको घिमिरेले जानकारी दिए ।सजिलै सर्ने भएकोले सर्तकता अपनाउन सचेतना कार्यक्रम संचालन गर्नुपरेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->