आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

राप्रपा सरकारको पहिलो निर्णय हिन्दुराष्ट्र पुनःस्थापनाको घोषणा

राप्रपा सरकारको पहिलो निर्णय हिन्दुराष्ट्र पुनःस्थापनाको घोषणा


  • ढोरपाटन संवाददाता
  • भाद्र २९ २०७९, बुधबार

बेनी /राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीको नेतृत्वमा सरकार बनेपछि नेपालमा हिन्दुराष्ट्र पुनःस्थापना गर्ने बताएका छन् ।

नेपालमा वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रका लागि आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा राप्रपा सबैभन्दा ठुलो दल भएपछि पहिलो निर्णय नै नेपालमा हिन्दुराष्ट्र पुनःस्थापना हुने उनले बताए ।

राप्रपा म्याग्दीले मंगलबार सदरमुकाम बेनीमा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष लिङ्देनले निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रलाई भोट हाल्नेहरुलाई हिन्दुराष्ट्र पुनःस्थापनाको माग गर्न नसुहाउने भन्दै हिन्दु राष्ट्रका लागि राप्रपालाई रोज्नुपर्ने तर्क गरे । ‘हामीलाई चाहिएको हिन्दुराष्ट्र चाहिएको छ, भोट धर्मनिरिपक्षलाई हाल्दा अहिलेको अवस्था आएको हो’ अध्यक्ष लिङ्देनले भने ।

देशका ठूला राजनीतिक पार्टी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमालेबाट अव देशका विकास सम्भव नभएको बताउँदै ठूला दलले देशलाई अस्तब्यस्त बनाएको बताए । अबको प्रतिनिधि तथा प्रदेशसभाबाट राप्रपा ठूलो दलभएपछि प्रतिनिधिसभाबाटै राजतन्त्र सहितको हिन्दुराष्ट्र घोषणा गरिने राप्रपाका अन्य नेताले समेत घोषणा गरेका थिए। राप्रपाले अहिलेको गठबन्धन सहित नेकपा एमालेलाई विस्थापित गदैं सिर्जनात्मक तरिकाले देशको विकासको जिम्मा लिने राप्रपाका नेताहरुको भनाई थियो ।

राप्रपाका गण्डकी प्रदेश अध्यक्ष पंचमान गुरुङ, गण्डकी प्रदेश सचिव बरुणबिक्रम राणा, प्रतिनिधिसभा सदस्यका उम्मेदवार जगत गौचनले बोलेका थिए । राप्रपा नेता एवम् पूर्वराज्य मन्त्री भिमप्रसाद गौचनले आफ्नो पालामा गरेको विकास अझैपनि जनताले प्रयोग गरिरहेको बताए राप्रपाका जिल्ला अध्यक्ष विरबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष जगतनारायण गौचनको स्वागत र सचिब हरिप्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।सोही अवसरमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र परित्याग गरी राप्रपामा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->