पोखरा/ नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग टि–२० का लागि पोखरा एभेन्जर्समा पाँच जना विदेशी खेलाडी अनुबन्ध भएका छन् ।
नेपालका मोहम्मद असिफ सेश माक्र्यु खेलाडी रहेको पोखरा एभेन्जर्समा पाकिस्ताका २ तथा श्रीलंकका ३ खेलाडी अनुबन्धन गरिएको हो ।
पोखराको टिममा पाकिस्तानका मोहम्मद हफिज र सलमान इस्रहाद । श्रीलंकाका सिकुगे प्रसन्ना, निरोसहान डिकवेल्ला र शेहान मदुसहान्का रहेका छन् । उनीहरु अन्तराष्ट्रिय खेलाडी हुन् । सबैले आफ्नो राष्ट्रबाट प्रतिनिधित्व गरिरहेका छन् ।
यस्तै पोखराको टिममा शदर भेष्वाकर, कुशल मल्ल, प्रतिश जिसी, आरिफ शेख, तुलबहादुर थापा, विशाल विक्रम केसी, कृष्ण कार्की, विपिन खत्री, सुमित महर्जन र सिद्धान्त लोहनी रहेका छन् ।
टिम पोखरा एभेन्जर्सका लागि लगानी सुवोध त्रिपाटी र अतिश ज्ञवालीले गरेका छन् । यस्तै टिमको सल्लाहकारमा पूर्व भारतीय राष्ट्रिय खेलाडी सन्दिप पटेल रहेका छन् ।





