शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

नेपाल भारत मैत्री संघको केन्द्रिय सभा पोखरामा हुने

नेपाल भारत मैत्री संघको केन्द्रिय सभा पोखरामा हुने


  • ढोरपाटन संवाददाता
  • भाद्र ३० २०७९, बिहिबार

पोखरा/ नेपाल भारत मैत्री संघको आठौं केन्द्रीय मैत्री सभा पोखरामा हुने भएको छ । गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ संघले पोखरामा केन्द्रीय सभाको आयोजना गर्न लागेको हो ।
पोखरामा आयोजना गर्न लागेको सभाको बारेमा जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका कार्यवहाक अध्यक्ष शैलेन्द्रमोहन झाले उक्त सभाका लागि भारतीय राजदूतको टिम नै पोखरा आउने कार्यक्रम रहेको सुनाए । संघले नेपाल र भारत एकअर्काको देशमा रहेका नागरिकको हकहितका लागि काम गर्दै आइरहेको जानकारी दिए ।

उनले नेपालको पर्यटन प्रवद्र्धन गर्नका लागि भारतीय सरकारसंग पटकपटक पहल गर्दै आइरहेको र भविष्यमा पनि उक्त विषयलाइ प्राथमिकताका साथ अघि बढाउने बताए । भारतको ४ वटा प्रदेशले मुक्तिनाथ क्षेत्र भ्रमणका जाने आफ्ना नागरिकलाई प्रति नागरिक २० हजार भारु दिँदै आइरहेको र अब २६ प्रदेशमै उक्त योजना लागू गराउनका लागि आफूहरु लागिपरेको सुनाए ।

उनले दैनिक जसो नेपालमा १० हजार बढी पर्यटक आउने गरेको बताए । आठौँ केन्द्रीय मैत्री सभामा कसरी यहाँको पर्यटन विकासमा काम गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्ने तयारी भइरहेको उनले बताए । ‘भारतमा रहेका धामहरुको दर्शन गरेर मात्रै पुग्दैन । मुक्तिनाथको दर्शन नगरेसम्म मुक्ति पाइँदैन भन्ने विश्वास छ । त्यसैले पोखरा हुँदै मुक्तिनाथ जानुपर्ने हुन्छ’, उनले भने ।

सोही क्रममा बोल्दै नेपाल भारत मैत्री संघ गण्डकीका अध्यक्ष ऋषिराम सापकोटाले भारतीय राजदूतलाई पोखराको भ्रमण गराउने कार्यक्रम रहेको बताए । सभाका लागि भदौ ३१ गतेसम्म ३ सयभन्दा बढी प्रतिनिधि पोखरा आउने छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->