शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

लोकतान्त्रिक तमु संघमा वेदबहादुर

लोकतान्त्रिक तमु संघमा वेदबहादुर


  • ढोरपाटन संवाददाता
  • भाद्र ३१ २०७९, शुक्रबार

पोखरा, ३१ भदौ– नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलनले वेदबहादुर गुरुङ (श्याम) अध्यक्ष र हुमबहादुर गुरुङ महासचिव रहेको १०१ सदस्यीय सर्वसम्मत केन्द्रीय समिति गठन गर्दै सम्पन्न भएको हो।
समितिको ७ उपाध्यक्षहरुमा बागमती प्रदेशबाट ओमकुमार गुरुङ, प्रदेश नं.१ र मधेश प्रदेशबाट चक्रबहादुर गुरुङ, गण्डकी प्रदेशबाट हुमबहादुर गुरुङ(स्याङ्जा), लुम्बिनी–कर्णाली–सुदुरपश्चिम प्रदेशबाट प्रेमबहादुर गुरुङ, गमबहादुर गुरुङ (प्रवास, बेल्जियम), महिला उपाध्यक्षहरुमा गण्डकी प्रदेश सभा सदस्य मिना गुरुङ(कास्की) र सर्मिला गुरुङ (मुस्ताङ) चयन भएका छन् ।
समितिको सचिवहरुमा सुरेन्द्र गुरुङ(कास्की), ओमबहादुर गुरुङ (स्याङ्जा), सुर्यप्रसाद गुरुङ (लमजुङ), सुर्यबहादुर गुरुङ (तनहँु), खगेन्द्र मेघी गुरुङ (बागमती), सीताराम गुरुङ (प्रदेश नं. १ र मधेश प्रदेश) र सहसचिवमा शम्भु गुरुङ (बागमती), कोषाध्यक्षमा बैनबहादुर गुरुङ (कास्की), सहकोषाध्यक्षमा देवकुमारी गुरुङ (बागमती) चयन भएका छन् । यस्तै लेखा आयोगको अध्यक्षमा कास्कीका बिष्णुकुमार गुरुङ, अनुशासन आयोगको अध्यक्षमा बाराका भरतबहादुर घले गुरुङ सर्वसम्मत भएका छन् ।
सदस्यहरुमा प्रवासबाट बिजयकुमार गुरुङ (पुर्वी एशिया, हङकङ), बिनय गुरुङ (पुर्वी एशिया, जापान, कृष्ण गुरुङ (अमेरिकी, पश्चिम अमेरिका), शिवजंङ गुरुङ (मध्यपुर्व, युएई), रामचन्द्र गुरुङ (यूरोप, यूके), मुक्त गुरुङ (यूरोप, स्पेन) र निलम (अमेरिकी, पुर्वी अमेरिका रहेका छन् ।
सदस्यहरुमा स्याङ्जाका धर्म गुरुङ, रुपसिंह गुरुङ, लोकबहादुर गुरुङ, ध्रुव गुरुङ, कास्कीबाट रामु गुरुङ, लिलाबहादुर गुरुङ, सगुन गुरुङ, काशीमाया गुरुङ, चन्द्रबहादुर गुरुङ, बालकुमारी गुरुङ, चेतबहादुर गुरुङ, समबहादुर गुरुङ, लालसुब्बा गुरुङ, महेन्द्र गुरुङ, हरिमाया गुरुङ, चन्द्रबहादुर गुरुङ, एक्का जंग गुरुङ, सुु.मे.जसबहादुर गुरुङ (भुपू सैनिक), सु.मे.नौबहादुर गुरुङ (भुपू सैनिक), तनहुँबाट टकमान गुरुङ, रुपा गुरुङ, रनबहादुर गुरुङ, भिमबहादुर गुरुङ, लमजुङबाट कृष्ण गुरुङ, टसबहादुर गुरुङ, सुचना गुरुङ, लालकुमारी गुरुङ, सुर्यबहादुर गुरुङ, गमबहादुर गुरुङ (गजेन्द्र), सन्तोष गुरुङ, विरेन्द्र गुरुङ, गोर्खाबाट आसबहादुर गुरुङ, म्याग्दीबाट तेजबहादुर गुरुङ, नवलपुरबाट आशिफ गुरुङ (सञ्चारकर्मी), नवलपरासीबाट विष्णु गुरुङ, धादिङबाट गोपाल गुरुङ, सारदादेवी गुरुङ (रसुवा), रामबहादुर गुरुङ (ओखलढुंगा), चितवनबाट देउबहादुर गुरुङ, चित्रबहादुर गुरुङ (संचारकर्मी), सन्तोष गुरुङ (रसुवा), विनामाया गुरुङ (बारा), सविता गुरुङ (सिन्धुपाल्चोक), पानबहादुर ध्रुव गुरुङ (सिन्धुपाल्चोक), इश्वर गुरुङ (नुवाकोट), दिपक गुरुङ (भक्तपुर), चन्द्रबहादुर गुरुङ (दाङ), आसाराम गुरुङ (रोल्पा), विन्द्रबहादुर गुरुङ (कपिलबस्तु), दलबहादुर गुरुङ (धादिङ) निर्वाचित भएका निर्वाचन समितिका संयोजक शिवकुमार गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->