बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

क्यान्सर पीडित घिमिरेलाई कांग्रेसको सहयोग

क्यान्सर पीडित घिमिरेलाई कांग्रेसको सहयोग


  • ढोरपाटन संवाददाता
  • असोज ४ २०७९, मंगलबार

पोखरा/ बेंसीशहर नगरपालिका ८ का रक्त क्यान्सर पीडित २९ वर्षीय विकास घिमिरेलाई नेपाली कांग्रेस वडा इकाई ६ बैदामले आर्थिक सहयोग गरेका छ ।

पोखरा महानगर पालिका वडा ६ बैदामका नेपाली कांग्रेसका कार्यकताहरुले आर्थिक संकलन गरि घिमिरेको उपचारमा सघाउन ३२ हजार ५५ रुपियाँ सहयोग गरेका हुन् । सोमबार एक कार्यक्रमको आयोजना गरी नेपाली कांग्रेस वडा इकाई सभापति सन्तोष पौडेलले विकास घिमिरेकी दिदी पोखरा ६ बैदाम मुलथोक निवासी अनिता घिमिरे बराललाई संकलित रकम हस्तान्तरण गरे ।

आर्थिक संकलन संयोजक रामबहादुर लामिछानेको संयोजकत्वमा भएको कार्यक्रममा दिदी अनिताले आफ्नो भाइको उपचारमा सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गरिन ।

विकासको १८ महिना अघि बोनम्यारो प्रत्यारोपण गरिएकोमा अहिले पुनः स्वास्थ्यमा समस्या आएको हो । उपचारमा यसअघि १ करोड रुपियाँ भन्दा बढी खर्च भइसकेको र अहिले पुनः उपचारमा त्यतिकै रकम खर्च लाग्ने बताएपछि सहयोग आवश्यक परेको दिदीको भनाइ छ । घिमिरेलाई २०७७ साल साउनको पहिलो साताबाट स्वास्थ्यमा समस्या आएको थियो । चैत ९ गते बोनम्यारो प्रत्यारोपण गरिएको थियो । अहिले पुनः समस्या आएपछि दिल्लीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->