बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बेथिती रोक्न एमालेको ध्यानाकर्षण

बेथिती रोक्न एमालेको ध्यानाकर्षण


  • ढोरपाटन संवाददाता
  • असोज ६ २०७९, बिहिबार

बागलुङ/ गाउँपालिकामा बेथिती मौलाएको भन्दै नेकपा एमाले निसीखोला गाउँ कमिटीले ध्यानाकर्षण गराएको छ ।
गाउँपालिकामा खटिई आएका प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठाएर निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा गाउँपालिका सञ्चालन गर्ने उद्देश्य प्रष्ट पार्न एमालेले गाउँ कार्यपालिकालार्ई आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाइएको हो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर चन्दलाई बुझाइएको ध्यानाकर्षण पत्रमा चालु आर्थिक वर्षका लागि स्वीकृत भई रातो किताबमा प्रकाशित भएका योजना कार्यान्वयनमा चासो नदिएको, संघीय सरकारबाट खटिएका प्रमुख प्रशासकीय अधिकृतलाई धम्की दिई हाजिर हुन नदिएको, गाउँपालिकाको शिक्षा कार्यविधि उल्लघंन गरी जनप्रतिनिधि विद्यालय व्यवस्थापन समितिमा रहेको, दरबन्दी मिलानका क्रममा गाउँपालिकामा थपिएका शिक्षकहरुको मिलान अहिलेसम्म नगरेको जनाइएको छ ।

यस्तै, सार्वजनिक महत्वका निर्णयहरु गर्नुपूर्व सरोकारालासँग छलफल गर्न, पालिकाले लिएको स्वास्थ्य बिमा कार्यक्रम तत्काल लागू गर्न, पालिकाले दिने सेवाहरुको स्पष्ट नागरिक बडापत्र तयार गरी जनतालाई सुसुचित गर्न समेत आग्रह गरेको छ ।

नेकपा (एमाले) निसीखोला गाउँ कमिटिका अध्यक्ष भूमिराज घर्तीले गाउँपालिकाभित्र देखिएका बेतिथी अन्त्यका लागि ध्यानाकर्षण पत्र बुझाएको जानकारी दिए । ‘पालिकाभित्र थुप्रै बेतिथी देखिएका छन्, जनप्रतिनिधि आएको छोटो अवधीमै संघीय सरकारबाट खटाइएका दुई जना प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई फिर्ता पठाउनु र निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा गाउँपालिका चलाउनुको उद्देश्य जान्न आम जनता चाहेका छन्’ घर्तीले भने ।

एमाले बागलुङका जिल्ला सदस्य मिलन हमालले गाउँपालिकाले स्थानीय सरकारको स्वामित्व ग्रहण गर्न नसकेको बताए । स्थानीय तहको निर्वाचनपछि जुन उत्साहका साथ काम हुनुपर्ने थियो, त्यो हुन सकेको छैन, त्यसैले सचेत गराएका हौं’ हमालले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->