बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

भ्रष्ट प्रहरीलाई सम्मान !

भ्रष्ट प्रहरीलाई सम्मान !


  • ढोरपाटन संवाददाता
  • असोज ७ २०७९, शुक्रबार

पोखरा/पोखरामा ३ वर्षअघि कारवाहीमा परेका प्रहरी बढुवा हुनेदेखि उत्कृष्ट प्रहरी सम्मान पाएका छन् । २०७६ कात्तिक ९ गते पोखरा ६ लेकसाइडमा रहेको होटल क्रिस्टल प्यालेसमा प्रहरीले सुराकीको आधारमा छापा मार्दा १० लाख ५८ हजार रुपैयाँसहित ९ जनालाई नियन्त्रणमा लिएको थियो ।

तिहारको मौकामा जुवातास खेलिरहेकालाई नियन्त्रणमा लिन पुगेका थिए । ‘पोखरा–६ बैदाममा रहेको छवी पौडेलको घरमा जुवा खेल्दैछन्’ भन्ने सुराकपश्चात असई सन्तोष सुवेदीको नेतृत्वमा रहेको टोलीले पोखरा–६ मा रहेको होटल क्रिस्टल प्यालेसमा छापा मारेको थियो । त्यहाँबाट टोलीले १० लाख ५८ हजार रुपैयाँसहित ९ जनालाई नियन्त्रणमा लिएको प्रहरीले प्रहरी कार्यालयमा रकम बुझाउँदा १ लाख २६ हजार रुपैयाँ ‘गायब’ थियो ।

बरामदपश्चात हराएको बाँकी रकमपछि प्रहरीले प्रयोग गर्ने स्कुटरभित्र भेटिएको थियो । सादा पोशाकमा खटिएका प्रहरी जवानले स्कुटरमा पैसा राख्दै गरेको ससीटीभी फुुटेजमा स्पष्ट देखिएको थियो । प्रहरीले रकम लुकाएको खुलेपछि असई सुवेदीसहित ३ जना निलम्बनमा परेका थिए । उही असई सुवेदीको बढुवाहुँदै अहिले गण्डकी प्रदेश उत्कृष्ट प्रहरीबाट सम्मानित भएका छन् ।

यो ३ वर्षमा उनी प्रहरी सहायक निरिक्षकबाट प्रहरी नायव निरिक्षकमा बढुवा हुँदै उत्कृष्ट प्रहरीको सम्मान समेत प्राप्त गरिसकेका छन् । उनलाई गण्डकी प्रदेश प्रहरी कार्यालयले पोखरामा भएको एटिएमबाट पैसा चोरी, विन्ध्यवासिनी मन्दिरको पैसा सहितको दानपेटिका चोरी, तनहुँमा भएको कर्तव्य ज्यान र विभिन्न समयमा लागुऔषध सम्बन्धी मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरी उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->