शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

मनास्लु चढ्न गएका पाँच नेपाली हिमपहिरोमा बेपत्ता

मनास्लु चढ्न गएका पाँच नेपाली हिमपहिरोमा बेपत्ता


  • ढोरपाटन संवाददाता
  • असोज १० २०७९, सोमबार

पोखरा – मनास्लु हिमाल आरोहणका लागि गएका पाँच जना नेपाली आरोही हिमपहिरोमा बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार सोमबार बिहान ११ बजेको समयमा खसेको हिमपहिरोमा पुरिएर उनीहरु बेपत्ता भएका हुन्।

हिमपहिरोमा बेपत्ता हुने आरोहीहरुमा दावा शेर्पा, फुरिता शेर्पा, निग्मा दोर्जे शेर्पा, लाक्पा तामाङ र जीतबहादुर शेर्पा छन्। उनीहरु सबैजना आरोहण दलका सहयोगीका रुपमा त्यहाँ गएका थिए।

बेपत्ता आरोहीहरुको खोजीका लागि दुइटा हेलिकोप्टर त्यसतर्फ परिचालन गरिएको एसपी केदार खनालले बताएका छन्।

मौसम खराबीका कारण मनास्लुको ३ नम्बर ४ नम्बर बेस क्याम्पका लागि पठाइएका हेलिकोप्टर अवतरण गर्न नसकी फर्किएका छन्।

प्रहरीका अनुसार बेपत्ता आरोहीको खोजीका लागि सिम्रिक र एभरेस्टका हेलिकोप्टर पठाइएको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->