पोखरा/ नेपाली कांग्रेस गण्डकी प्रदेशले यही मंसीर ४ गते हुन गइरहेको निर्वाचन लक्षित विभिन्न निर्णय गरेको छ ।
प्रदेशको आइतबार बसेको पदाधिकारी बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीका तर्फबाट प्रस्तुत उम्मेदवारहरु र नेपाली कांग्रेसलाई विजयी गराउनको लागी नेपाली कांग्रेसका गण्डकी प्रदेश, जिल्ला तथा स्थानीय तहमा रहेको संस्थाहरु र भातृसंगठन तथा शुभेच्छुक संस्थाले खेल्नुपर्ने भुमिकाका विषयमा नेपाली कांग्रेस गण्डकी प्रदेशको कार्यालयमा भएको कार्यसमितिको वैठकमा छलफल तथा विविध निर्णय गरेको हो ।
गण्डकी प्रदेशलाई समृद्धि प्रदेश निर्माण गर्ने उद्देश्य पुरा गर्न र निर्वाचन गतिविधिहरुलाई प्रभावकारी बनाउन आर्थिक परिचालन समिति संयोजकमा नेपाली कांग्रेस गण्डकी प्रदेशका कोषाध्यक्ष बसन्त कुमार श्रेष्ठ, घोषणा पत्र तयारीमा महामन्त्रीद्वय विष्णुप्रसाद लामिछाने र प्रचार–प्रसार समितिमा किरणबावु श्रेष्ठलाई संयोजक तोकिएको प्रवक्ता माधव प्रसाद बास्तोला (मधु)ले जानकारी गराए ।
साथै, विपी स्मृति पुस्तकालय संचालन समितिको संयोजकमा प्रा.डा.कुशुमाकर न्यौपाने र अक्षयकोष तथा पुरस्कार व्यवस्थापनको संयोजकत्वमा प्रवक्ता माधव प्रसाद बास्तोला (मधु)लाई तोक्ने निर्णय गरिएको छ ।





