पोखरा/ सुशासनको लागि नागरिक समाज कास्कीको ८ औं अधिवेशन तथा १६ औ वार्षिक साधारणसभाले रवीन्द्रनाथ बास्तोलाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा सिरोजविजय कोइराला, सचिवमा विष्णुप्रसाद अधिकारी, सहसचिवमा विष्णुप्रसाद पौडेल र कोषाध्यक्षमा शान्ति गुरूङ चयन भएका छन् ।
कार्यसमिति द सदस्यहरुमा लोकनाथ गौतम, शिवहरि आचार्य, इन्दिरा भण्डारी, त्रिभुवन पौडेल, मन्जु गौतम र चित्र सुनार चयन भएका निर्वाचन समिति संयोजक पुन्य पौडेलले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश निमित्त प्रमुख सचिव रामप्रसाद आचार्य, सल्लाहकार आनन्दराज मुल्मी,अख्तियार दुरुपयोग अनुसन्धान आयोग उपसचिव राजु कँुवरलगायतले मन्तव्य राखेका थिए ।





