बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

निर्वाचनको खर्च नबुझाउनेमा बानपाका नगरप्रमुख श्रेष्ठदेखि उपमेयर खड्कासम्म

निर्वाचनको खर्च नबुझाउनेमा बानपाका नगरप्रमुख श्रेष्ठदेखि उपमेयर खड्कासम्म


  • ढोरपाटन संवाददाता
  • असोज १३ २०७९, बिहिबार
सांकेतिक तस्विर

बागलुङ/ निर्वाचन खर्च विवरण नबुझाउने उमेद्वारहरुलाई जिल्ला निर्वाचन कार्यालय बागलुङले कारवाही सिफारिस गरेको छ ।

निर्वाचन आयोगमा कारवाहीका लागि सिफारिस गरिएको हो । स्थानीय तह निर्वाचनमा उमेद्वार बनेका ८ सय ११ जना उमेद्वारले निर्वाचन आयोगले तोकेको समयभित्र निर्वाचन खर्च बिबरण नबुझाएका हुन् ।

स्थानीय तह निर्वाचन–२०७९ मा भएको खर्च विवरण मतपरिणाम घोषणा भएको ३० दिनभित्र बुझाईसक्नुपर्ने प्रावधान छ । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकासहित १० स्थानीय तह रहेको बागलुङमा दुई सय ७९ जनाले मात्र खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ । बागलुङमा चार नगरपालिकामा प्रमुख र उपप्रमुख पदका १९ जना र छ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदका २६ जनाले निर्वाचनको खर्च विवरण समयमा बुझाएका छैनन् ।

यस्तै, वडा अध्यक्ष र वडा सदस्यमा उम्मेदवार बनेका नगरपालिकाका ४०७ जना र गाउँपालिकाका ५९ जनाले खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गोकुल शर्माले बताए । खर्च विवरण नबुझाउनेमा बागलुङ नगरपालिका प्रमुख बसन्त कुमार श्रेष्ठसहित प्रमुख पदका उम्मेदवार सुरज खड्का, मञ्जुमाया क्षेत्री र निल प्रसाद आचार्य, उपप्रमुख पदका उम्मेदवार राजु खड्का, सञ्जय खड्का, तारा कुमारी रिजाल र जीवन आचार्य रहेका छन् ।

गलकोट नगरपालिकाका प्रमुख पदका उम्मेदवार पूर्ण बहादुर काउचा, मन्जु शर्मा, डम्मर बहादुर केसी र दिपेन्द्र साहानी, उपप्रमुख पदक उम्मेदवार रुपा विक, जैमिनी नगरपालिकाका प्रमुख पदका उम्मेदवार काशीराम आचार्य, निर्मला बानियाँ क्षेत्री सापकोटा र उपप्रमुख पदका उम्मेदवर चिना केसी रहेका छन् ।

ढोरपाटन नगरपालिकाका प्रमुख पदका उम्मेदवार निम बहादुर भण्डारी, श्याम घर्ति मगर, उपप्रमुख पदका उम्मेदवार तारा कुमारी पुनले पनि चुनावी खर्च विवरण बुझाएका छैनन् ।
गाउँपालिकातर्फ काठेखोला गाउँपालिका अध्यक्ष पदका उम्मेदवार डिल बहादुर कार्की, उपाध्यक्ष पदका उम्मेदवार कोपिला कुमारी पुन, मिलन थापा, तमानखोला गाउँपालिका अध्यक्ष पदका उम्मेदवार देव बहादुर पुन, हिमाल खत्री, ओम प्रसाद पुन, उपाध्यक्ष पदका उम्मेदवार निशु रसाइली, गिता घर्ति मगर र तारानाथ सिर्पाली, ताराखोला गाउँपालिका अध्यक्ष पदका उम्मेदवार प्रकाश घर्ति मगर, रिसीराम रोका, याम बहादुर रोका र उपाध्यक्ष पदका उम्मेदवार थम माया घर्तिले खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी शर्माले बताए ।

निसीखोला गाउँपालिका अध्यक्ष पदका उम्मेदवार अञ्चल शाही, कृष्ण बहादुर मल्ल, उपाध्यक्ष पदका उम्मेदवार प्रेम बहादुर घर्ती मगर, भोटु चन्द, शान्ता कुमारी सेन र जुन विक्रम शाही, बडिगाड गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार राजन कुमार पाइजा, मन प्रसाद घर्ती, उपाध्यक्ष पदका उम्मेदवार मिन कुमारी माझी, डिल कुमारी क्षेत्री, बरेङ गाउँपालिका अध्यक्ष पदका उम्मेदवार प्रदिप थापा मगर र उपाध्यक्ष पदका उम्मेदवार दुर्गा कार्की थापा क्षेत्रीले खर्च विवरण बुझाउन बाँकी छ ।

विवरण पेश नगर्नेले खर्च गर्ने सीमा क्षेत्र बराबरको जरिवान तिर्नुुपर्ने जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी शर्माले बताए । उनले निर्वाचन आयोगले खर्च विवरण नबुझाउने नगरपालिकाका प्रमुख र उपप्रमुखलाई चार लाख ५० हजार रुपियाँ, नगरपालिकाका वडा अध्यक्ष र वडा सदस्यहरुलाई दुई लाख रुैपयाँ, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई तीन लाख ५० हजार रुपियाँँ र वडाअध्यक्ष र वडा सदस्यहरुलाई एक लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको बताए ।

आयोगले ६ महिना भित्र जरिवाना बुझाउन पत्रचार समेत गरेको छ । जरिवाना नबुझाउनेले ६ वर्षसम्म निर्वाचनमा उठ्न नपाउने आयोगले भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->