आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

राष्ट्रिय लिगलाई नयाँपन दिन एन्फाको छलफल

राष्ट्रिय लिगलाई नयाँपन दिन एन्फाको छलफल


  • ढोरपाटन संवाददाता
  • असोज १३ २०७९, बिहिबार

पोखरा/ अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय ए डिभिजन फुटबल लिगमा नयाँपन दिनका लागि क्लबहरुसँग छलफल थाल्ने भएको छ ।

बुधबार भएको विशेष साधारण सभाले क्लबहरु तयार भएको अवस्थामा दोहोरो लिग गराउन सक्ने निस्कर्ष निकालेको हो । यो नेपाली फुटबल लिगको लागि नयाँ कुरा हो ।

सभाले घरेलु लिग सहित चालू आर्थिक वर्षको कार्यक्रम र बजेटलाई पारित गरेको छ । कार्यक्रम र बजेट पारितसँगै चालू आर्थिक वर्षमा संघका कार्यक्रम र खर्च गर्ने बाटो खुलेको छ ।

एन्फाले पुस ८ गतेदेखि चैत ४ गतेसम्म ए डिभिजन लिग गर्ने प्रस्ताव गरेको थियो । विशेष साधारण सभाले त्यस निर्णयलाई अनुमोदन गरेको छ । तर लिगको ढाँचाको विषयमा स्पष्ट खाका भने आईसकेको छैन ।

‘अहिलेलाई सिंगल राउण्ड रोबिनमै ’विकेन्ड लिग’ गर्ने प्रस्ताव छ । क्लबहरुसँग छलफलमै छौं ।’ एन्फाका लिग निर्देशक सञ्जिव मिश्रले भने, ‘क्लबहरु तयार भएको खण्डमा दोहोरो राउण्ड रोबिनमै लिग गर्न सक्छौं ।’

एन्फाले अहिले विभिन्न विकल्पमा क्लबसँग छलफल गरिरहेको छ । मिश्रका अनुसार एकल राउण्ड रोबिन पश्चात शीर्ष ७ क्लबको पुनः एक राउण्ड लिग गर्ने प्रस्तावमा समेत छलफल चलिरहेको छ ।

घरेलु फुटबलको व्यवस्थित संरचना नहुँदा लिग झारा टार्ने प्रतियोगितामा सिमिति बन्दै आएको छ । एन्फाको प्रारम्भिक प्रस्ताव अनुसार यसपटक समेत तीन महिने लिगको अवधारणा अघि सारिएको छ । तर एन्फाको प्रस्तावमा ए डिभिजनका केही क्लबले असन्तुष्ट जनाएका छन् ।

लिगलाई डबल राउण्ड रोबिनमा लैजान र ‘होम एण्ड अवे’ अवधारणामा खेलाउन क्लबहरुको माग छ । यस अघि होम एण्ड अवे अवधारणालाई अघि बढाउने हेतुले पोखरामा केहि खेलहरुको आयोजना समेत भएको थियो ।

जसका कारणपनि होम एण्ड अवे खेलाउँदा एन्फा र क्लबलाई फाइदा हुने देखिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->