आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

एमालेमा प्रत्यक्षतर्फ उम्मेदवार छान्ने जिम्मा अध्यक्ष र महासचिवलाई

एमालेमा प्रत्यक्षतर्फ उम्मेदवार छान्ने जिम्मा अध्यक्ष र महासचिवलाई


  • ढोरपाटन संवाददाता
  • असोज १४ २०७९, शुक्रबार

काठमाडौं/ नेकपा एमालेको सचिवालयको बैठकले समानुपातिक बन्दसूचीलाई हेरफेर गर्ने निर्णय गरेको छ ।

एमालेले असोज १५ गते भित्र अन्तिम बन्दसूची निर्वाचन आयोगमा बुझाउने तय भएको छ । सचिवालयको बैठकले बन्दसूची हेरफेरको जिम्मा भने अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

‘समानुपातिक तर्फको प्राथमिक लिष्ट हामीले तयार पारेका थियौं त्यसमा आवश्यक थप घट गर्न अध्यक्षज्यूलाई अधिकार प्रत्यायोजन गरेका छौ,’ उपमहासचिव पृथ्वीसुव्वा गुरुङले भने ।

बैठक ओली निवास बालकोटमा बिहीबार साँझदेखि सुरु भएर अबेर रातिसम्म चलेको थियो । उक्त बैठकमा प्रदेश तथा प्रतिनिधिसभाको उम्मेदवारका बारेमा पनि प्रारम्भिक छलफल भएको छ ।

‘को को उम्मेदवार हुन सक्छ भन्नेमा प्रारम्भिक छलफल भयो । प्रदेश सभामा ३३० सिटमा सम्भावित उम्मेदवारबारे छलफल चलाएका छौ’, गुरुङले भने । प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रको उम्मेदवारबारे भने सचिवालयको अर्को बैठक बसेर टुंगो लगाउने तय भएको छ । यस्तै उम्मेदवारको अन्तिम टुंगो लगाउने जिम्मा अध्यक्ष ओली र महासचिव शंकर पोखरेललाई दिइएको छ ।

एमालेमा १० बुँदे सहमतिबाट पार्टीमा सक्रिय भएका नेताहरुलाई ओलीले माफी नमागेसम्म टिकट नदिने शर्त राखेको बताइएको थियो । तर, उक्त विषयमा एमालेका नेताहरुले भने औपचारिक प्रतिक्रिया दिएका छैनन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->