आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सहारा कप एचके सिस्स ए साइडको उपाधि जोर्डन एफसीलाई

सहारा कप एचके सिस्स ए साइडको उपाधि जोर्डन एफसीलाई


  • ढोरपाटन संवाददात
  • असोज १६ २०७९, आइतबार

पोखरा/ सहारा क्लब हङकङको आयोजनामा भएको ‘सहारा कप एचके खुला सिक्स ए साइड फुटबल प्रतियोगिता’ को उपाधि जोर्डन एफसीले उचालेको छ ।

बिल तामाङको स्मृतिमा हङकङको जोडर्न पार्कमा आयोजित प्रतियोगिताको फाइनल खेलमा एस्स एफसीलाई हराउँदै १५ हजार हङकङ डलर प्राप्त गरेको छ ।

उपविजेता एस्सले ८ हजार हङकङ डलर प्राप्त गरेको छ । उनीहरुलाई बिल तामाङकी श्रीमती सुनिता मोक्तानले पुरस्कार प्रदान गरिन् ।

कार्यक्रम सहसंयोजक तिलक गुरुङले खेलको नियमबारे प्रष्ट पारेका थिए । क्लब अध्यक्ष दीपक गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा खेलकुद संयोजक खम गुरुङले स्वागत मन्तव्य राखेका थिए ।

कुमार गुरुङले संचालन गरेको कार्यक्रममा क्लबका प्रमुख सल्लाहकार दुर्गाबहादुर गुरुङ, सल्लाहकार देवबहादुर गुरुङ लगायतको सहभागिता रहेको थियो ।

१४ टिमको सहभागिता रहेको प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा एलजी संगम रहेको छ । क्लबका उपाध्यक्ष रहेका बिल तामाङको अघिल्लो वर्ष कोरोनाका कारण निधन भएको थियो । क्लबले उनको योगदानको स्मरण गर्दै फुटबल प्रतियोगिता आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->