शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

प्रतिनिधिसभाको कुन क्षेत्रका उम्मेदवारले कति खर्च गर्न पाउछन् ? (सूचीसहित)

प्रतिनिधिसभाको कुन क्षेत्रका उम्मेदवारले कति खर्च गर्न पाउछन् ? (सूचीसहित)


  • ढोरपाटन संवाददाता
  • असोज १६ २०७९, आइतबार

काठमाडौं / निर्वाचन आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ बमोजिम प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि आइतबार राजनीतिक दल वा उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्चको अधिकतम हद तोकेको छ ।

आयोगले  निर्वाचन क्षेत्रको मतदाता संख्या, मतदान केन्द्रको संख्या र क्षेत्रफललाई आधार मानी सूत्रमा आधारित भई निर्वाचनका लागि खर्चको अधिकतम हद तोकेको प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको निर्वाचनको हकमा ५ वटा निर्वाचन क्षेत्रहरूमा निर्वाचन खर्चको हद २५ लाख रुपैयाँ तोकिएको छ । १७ वटा निर्वाचन क्षेत्रहरूमा निर्वाचन खर्चको हद २७ लाख रुपैयाँ कायम गरिएको छ भने ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवार वा दलले चुनावी खर्चस्वरुप २९ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् ।

५२ वटा निर्वाचन क्षेत्रहरूमा निर्वाचन खर्चको हद ३१ लाख रुपैयाँ कायम गरिएको छ भने २६ वटा निर्वाचन क्षेत्रहरूमा निर्वाचन खर्चको हद ३३ लाख रुपैयाँ कायम गरिएको छ । सबैभन्दा बढी खर्चको सीमा ३३ लाख रुपैयाँ कायम गरिएको छ भने सबैभन्दा कम २५ लाख । यसअघि सबै क्षेत्रका उम्मेदवार वा दलहरूले २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था थियो ।

समानुपातिकतर्फका उम्मेदवारले गर्ने खर्चको सीमा छुट्टै तोकिएको छ । समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राजनीतिक दलले गर्ने निर्वाचन खर्चको हद प्रत्येक राजनीतिक दलले पेस गरेको बन्दसूचीमा सूचीकृत उम्मेदवारको संख्या अनुसार प्रति उम्मेदवार २ लाख रुपैयाँको सीमा तोकिएको छ ।

त्यस्तो निर्वाचन खर्च रकम प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने राजनीतिक दल वा उम्मेदवारले मतदाता नामावली खरिद, सवारी साधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जालसमेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन लगायतका विषय क्षेत्रमा खर्च गर्न पाउने आयोगले जनाएको छ ।

निर्वाचन क्षेत्र र खर्चको सीमा सूची :

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->