हराउँदै जान थालेको काठको चर्खे पिङ (चमच्चा) खेल्न गाउँघरतिर स्थानीयको भिड लाग्ने गरेको छ। दशैं पर्व मनाउन गाउँ आएकाहरु चर्खे पिङ खेल्न आकर्षित भएका हुन् । गुल्मीको मालिका गाउँपालिका-६ घमिर गुल्मीको खड्क छत्र मन्दिरमा लागेको महानवमी मेलामा राखिएको चर्खे पिङमा स्थानीयको आकर्षण देखिएको हो। 








