बागलुङ/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङ २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।
गठबन्धनका साझा उम्मेदवार माओवादी नेता पौडेलले ३ बजे निर्वाचन अधिकृतको कार्यालय बुर्तिबाङमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
उनीविरुद्ध नेकपा एमालेकी मञ्जु शर्मा चालिसेले उम्मेदवारी दिएकी छन् । त्यसै गरी प्रदेश सभामा नेपाली कांग्रेसबाट जित शेरचन र दोर्ण कुँवरले उम्मेदवारी मनोनयन गराएका छन् । एमालेबाट बागलुङ क्षेत्र नं. २ को ‘ख’मा लक्ष्मण पुनले उमेद्वारी दिएका छन्भने एमालेको समर्थनमा ‘क’मा प्रकाश घर्तीले स्वतन्त्र उमेद्वारी दिएका छन् ।





