बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तनहुँ-१ मा रामचन्द्र पौडेलविरुद्ध बाँस्तोलाले दिए उम्मेदवारी

तनहुँ-१ मा रामचन्द्र पौडेलविरुद्ध बाँस्तोलाले दिए उम्मेदवारी


  • ढोरपाटन संवाददाता
  • असोज २३ २०७९, आइतबार

तनहुँ / प्रतिनिधिसभा निर्वाचनका लागि तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा विश्व बाँस्तोलाले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेस तनहुँका पूर्वजिल्ला सचिव बाँस्तोलाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग प्रतिस्पर्धा गर्ने भएका हुन् । स्थानीय तह निर्वाचन अगाडि नै पार्टी परित्याग गरेका बाँस्तोलाले आइतबार प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
आइतबार करिब ३ बजेतिर मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर बाँस्तोलाले उम्मेदवारी दर्ता गरेका हुन् । उनको प्रस्तावकमा राजु दाहाल र समर्थकमा केशवराज आचार्य छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->