शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

दीपक मनाङेको क्षेत्रमा स्वतन्त्रको मात्रै लडाई

दीपक मनाङेको क्षेत्रमा स्वतन्त्रको मात्रै लडाई


  • ढोरपाटन संवाददाता
  • असोज २३ २०७९, आइतबार
मन्त्री राजिव गुरुङ ‘दीपक मनाङे’

पोखरा / गण्डकीका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) को क्षेत्र मनाङ ‘ख’ मा दुइजनाको मात्रै उमेदवारी परेको छ । उक्त क्षेत्रबाट मनाङे र एकजना स्वतन्त्र उमेदवारबीच प्रतिष्पर्धा हुने भएको छ ।

रोचक के छ भने यो क्षेत्रमा एमाले र गठबन्धन दुवैले मनाङेलाई समर्थन गर्ने भन्दै आफ्ना उमेदवार उठाएका छैनन् । मनाङका सञ्चारकर्मीसँगको कुराकानीअनुसार यो क्षेत्रमा मनाङे र कर्मा दोर्जे लामा गुरुङले स्वतन्त्र उमेदवारी दिएका हुन् । मनाङे आफैँ पनि स्वतन्त्रमा उमेदवारी दिएका छन् ।

उनी यसअघि पनि स्वतन्त्र उमेदवारी दिएर एमालेको समर्थनमा विजयी भएका थिए । गठबन्धन र एमालेको तानातानमा परेतापनि मनाङेको झुकावचाहिँ एमालेतिर देखिएको थियो । गण्डकीमा पृथ्वीसुब्बा गुरुङको सरकार ढाल्न निर्णायक भूमिकामा रहेका मनाङे अहिले गठबन्धनबाट मन्त्री छन् ।

सत्ता गठबन्धनबाट मनाङ प्रदेश ‘क’ माओवादी केन्द्रको भागमा परेको छ । गठबन्धनबाट कपिल लामाले उम्मेदवारी दिएका छन् । तर, कांग्रेस समर्थनमा कर्मा दोर्जे लामा गुरुङले स्वतन्त्र उम्मेदवारदिएका छन । प्रतिनिधिसभामा भने एमालेका पोल्देन छोपाङ गुरुङ र कांग्रेसका टेकबहादुर गुरुङले उम्मेदवारी दिएका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->