बागलुङ/ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले निर्वाचनलाई कम खर्चिलो बनाउनुपर्ने बताएका छन् । पछिल्लो सयमा निर्वाचन थेग्नै नसक्नेगरी महंगो भएका भन्दै केसीले निर्वाचनको समयमा हुने खर्चमा मितव्ययीता आवश्यक रहेको बताए ।
निर्वाचनमा हुने खर्च जुटाउन नसकेकै कारण योग्य व्यक्ति समेत उमेद्वारी दिन पछि हट्ने गरेका उदाहरण रहेको भन्दै उनले निर्वाचनका बेला हुने खर्चले भ्रष्टाचारलाई बढावा दिने बताए । आसन्न प्रतिनिधिसभा दथा प्रदेशसभा निर्वाचनमा बागलुङ क्षेत्र नं. १ मा सत्ता गठबन्धनको तर्फबाट उमेद्वार रहेका केसीले आँफु खर्च गरेर निर्वाचन जित्ने पक्षमा नरहेको समेत स्पष्ट पारे ।
उनले आवश्यक मात्रै खर्च गरेर पनि निर्वाचन हुने भन्दै अनावश्यक बस्तुहरुमा निर्वाचनका बेला हुने खर्च नियन्त्रण हुनुपर्ने बताए । पाँचदलीय गठबन्धनले बागलुङ बजारमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केसीले राष्ट्र र राष्ट्रियताका सवालमा चिन्तन गर्ने नेताहरु पछिल्लो पुस्तामा कम रहेको भन्दै चिन्ता व्यक्त गरे । ‘मैले हिजो किसुन जी, गणेशमान जी, गिरीजाबाबुहरुको पनि संगत गरेँ, उहाँहरु निर्वाचनमा हार जीत भन्दा माथी राष्ट्र र राष्ट्रियतालाई राख्नुहुन्थ्यो, चुनावमा हार जितसँग उहाँहरुको कुनै साईनो हुँदैनथ्यो’ केसीले भने ‘अहिले उहाँहरुजस्तो राष्ट्रको बिषयमा चिन्तन भएको नेताले चुवान लड्नै सक्दैन् ।’ उनले देशभर पाँच दलका बीचमा भएको गठबन्धन संबिधानको रक्षाका लागि भएकाले संका नगर्न आग्रह गमेत गरे ।
केसीले नेपालमा बाम लोकतान्त्रीक गठबन्धन पञ्चायतकालदेखि हुँदै आएको दावी समेत गरे । ‘अहिले मलाई कांग्रेससँग गठबन्धन गर्यो, नत शिधान्त मिल्छ, नत कार्यदिशा भनेर आलोचना गर्छन्, यस्तो गठबन्धन पञ्चायतको अन्त्य लगायतका महत्वपूर्ण घडीहरुमा यस अघीपनि भएका थिए’ केसी भन्छन् ‘अहिले पनि एजेण्डा समान भएका बिषयमा हाम्रो एकता हो, नमिलेका बिषयमा हाम्रो बिमतिहरुपनि छन् ।’
उनले यस पटकको आम निर्वाचन प्रतिगामन र अग्रगमनको लडाईं भएको दावी गरे । अग्रगमन चाहनेका लागि यो निर्वाचन जीवन मरणको सवाल भएको भन्दै केसीले राष्ट्रियताको सवालमा एकै ठाउँमा उभीएका दलहरुले जित्ने दावी समेत गरे । कार्यक्रममा बागलुङ क्षेत्र नं. १ प्रदेसभा ‘क’ मा गठबन्धनका उमेद्वार दिपेन्द्र थापाले इमान धरापमा राखेर निर्वाचनमा खर्च नगर्ने बताए । उनले भोट किनेर जितेको उमेद्वारले जनताको काम गर्न नसक्ने भन्दै निर्वाचनका बेला जनता नेताका लागि भोकै बस्ने र निर्वाचन जितेपछि नेताले जनताको पेट भर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।
बागलुङ क्षेत्र नं. १ प्रदेसभा ‘ख’का उमेद्वार डिल्लिराम सुवेदीले काम गर्नै नसकिने भ्रम सिर्जना नगरी चुनावी मैदानमा होमिन लागेको बताए । प्रदेसभाको बिषयमा जनमानसमा पछिल्लो समय उठेको भ्रमलाई चिर्दै संघीयता र प्रदेश संरचनाको औचित्य पुष्टि गर्न आँफुले उमेद्वारी दिएको सुवेदीले बताए । बागलुङ गठबन्धनमा हजुरवा, बा र छोरा पुस्ताको समिश्ररण रहेको भन्दै सुवेदी अनुभव र अहिलेको आवश्यकता सहितको प्रतिनिधित्व हुने दावी गरे ।





