आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

दीपक मनाङे प्रदेशसभा सदस्यमा निर्विरोध

दीपक मनाङे प्रदेशसभा सदस्यमा निर्विरोध


  • ढोरपाटन संवाददाता
  • असोज २६ २०७९, बुधबार

काठमाडौं/ मनाङको प्रदेशसभा २ बाट स्वतन्त्र उम्मेदवार दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन् ।

सो क्षेत्रबाट उम्मेदवार दिएका अर्का उम्मेदवार दार्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिएसँगै गण्डकी सरकारका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे उर्फ राजीव गुरुङ निर्विरोध भएका हुन् ।

निर्वाचन अधिकृतले दोर्जेले उम्मेदवारी फिर्ता लिएको निस्सा प्रदान गरिसकेको छ । दोर्जे पनि स्वतन्त्र उम्मेदवार थिए । नेकपा एमालेलाई आफ्नो समर्थन रहेको भन्दै मनाङेले एमाले नेताहरु पोल्देन छोपाङ गुरुङसँग तस्विर खिचाएका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->