आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

आइटिएफ तेक्वान्दोको बागलुङमा भब्य सुरुवात

आइटिएफ तेक्वान्दोको बागलुङमा भब्य सुरुवात

नेपाली सेनाको बिजयी शुरुवात ।


  • ढोरपाटन संवाददाता
  • असोज ३० २०७९, आइतबार

बागलुङ/नवौं राष्ट्रिय खेलकुँद प्रतियोगिताका अन्र्तगत आइटिएफ तेक्वान्दो प्रतियोगिता बागलुङमा भब्य सुरुवात भएको छ ।

शनिवार सयौं नागरिकको उपस्थितिमा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले प्रतियोगिताको उद्घाटन गरे । बागलुङ नगरपालिकाको व्यवस्थापनमा खेल आयोजना गरिएको हो । राष्ट्रिय खेलकुँद परिषद आयोजक भएपनि व्यवस्थापनको जिम्मा नगरले पाएको हो । नगर प्रमुख श्रेष्ठको संयोजकत्वमा ५१ सदस्य रहेको आयोजक समिति गठन भएको थियो ।

बागलुङ नगरपालिका ३ को नारायण चोकबाट शुरु भएको झाँकी सहितको ¥यालीमा सयौं सहभागि थिए । प्रतियोगिताको उद्घाटन गर्दै श्रेष्ठले खेलबाट नेपालले पहिचान बनाउन सक्ने बताए । उनले राष्ट्रिय स्तरमा धेरै खेल खेलाउन बागलुङ सक्षम भएको भन्दै पूर्वाधारको काम थाल्ने समेत बताए । राष्ट्रियखेलकुँद परिषले ढीला निर्णय दिंदा अबेर सम्म काम भएपनि अबका दिनमा अन्य खेलकालागि पनि तयारी गर्ने बताए ।
कार्यक्रममा बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारी, प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, आइटिएफका केन्द्रीय अध्यक्ष अञ्जन धमला बोलेका थिए । जिल्ला खेलकुँद बिकास समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षता, पत्रकार राम थापा अविरलको संचालन र नगर उपप्रमुख राजु खड्काको स्वागतमा सम्पन्न कार्यक्रममा खेलाडी र रेफ्रीले सपथ ग्रहण गरेका थिए ।

७ प्रदेश, नेपाली सेना, सशष्त्र प्रहरी र नेपाल प्रहरी गरी १० वटा टिमका २ सय ५० खेलाडीले प्रतियोगतामा भाग लिएका छन् । तेक्वान्दोमा ४५ स्वर्ण, ४५ रजत र ३० कास्य पदककालागि प्रतिष्पर्धा हुने आइटिएफका सचिव तथा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए । उनका अनुसार प्रतियोगितामा महिला तर्फ ४५ केजी देखि ७० केजी र पुरुष तर्फ ५० केजी देखि ८५ केजी तौल समूहका खेलाडीबीच प्रतिष्पर्धा गर्ने व्यवस्थापन मिलाइएको हो ।

खेल उद्घाटन अघि बागलुङका जातजातीका कला र संस्कृतिका झाँकी प्रस्तुत गरिएको थियो । लाखे नाँच, घोडा नाँच, सोरठी, सती घाँटु, भजन, पञ्चेबाजा तथा बिद्यालयक बिद्यार्थीले अन्य राष्ट्रिय गीत संगीत प्रस्तुत गरेका थिए । खेललाई सफल पार्न नगरपालिकाले महोत्सव झै नागरिकलाई समेत उतारेको थियो ।

नेपाली सेनाको बिजयी शुरुवात

प्रतियोगिता अन्र्तगत शनिवार प्याटन तर्फका केही खेल शुरु भएका छन् । पहिलो दिनको पुरुष तर्फको प्याटन प्रतियोगितामा नेपाली सेनाको टिमले शुरुवाती अग्रता दिएको छ । निलो बेल्ट समूहको ९ बाउटमा त्रिभूवन आर्मी क्लबका धनसिंह परियारले स्वर्ण पदक जितेका हुन् । उनले लुम्बिनी प्रदेशका सफल परियारलाई पराजित गरेका हुन् । उनले स्वर्ण पदक पाउँदा आर्मीका खेलाडीको तालिले खेल स्थल गुञ्जेको थियो । शनिवारै महिला तर्फको पनि प्याटन खेल शुरु भएका छन् । आइतवारदेखि भने प्याटन सकेर स्पाइरिङ खेलहरु शुरु हुनेछन् । स्पाइरिङ खेल खुला मैदानमा संचालन गरिने आयोजकले बताएको छ । स्पाइरिङ खेल बढी आर्कषक हुनेछन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->