आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

खेलकै क्रममा दुर्घटना हुँदा प्याराग्लाइडिङ खेलाडीको निधन

खेलकै क्रममा दुर्घटना हुँदा प्याराग्लाइडिङ खेलाडीको निधन


  • ढोरपाटन संवाददाता
  • असोज ३० २०७९, आइतबार

पोखरा, ३० असोज– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङको क्रस कन्ट्री प्रतियोगितामा सहभागी एक प्रतियोगीको दुर्घटनामा निधन भएको छ ।
मृत्यु हुनेमा नेपाल आर्मीको तर्फबाट प्रतियोगितामा सहभागिता जनाएका पोखरा १० हस्पिटलचोकका निसिम थापा रहेका छन् । २६ वर्षीय थापा प्याराग्लाइडिङका उत्कृष्ट खेलाडीमध्येका एक भएको पाइलट लक्ष्मण न्यौपानले जानकारी दिए ।
प्रहरीका अनुसार प्रतियोगितामा सहभागी हुन उडेलगत्तै उनी करिब एक सय मिटर तल जमिनमा बजारिएका थिए । ग्लाइडर नखुलेर वा हावाको उल्टो बहावका कारण उनी जमिनमा बजारिएको अनुमान गरिएको छ । उनलाई उपचारको लागि गण्डकी अस्पताल ल्याउँदा डाक्टरले मृत घोषणा गरेका थिए ।
पोखराको सराङकोटबाट बिहान १०ः३० बजे उडेका उनी अकस्मात जमिनमा बजारिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->