आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

गठबन्धनका उम्मेदवार विजयी उन्मुख : शर्मा

गठबन्धनका उम्मेदवार विजयी उन्मुख : शर्मा


  • ढोरपाटन संवाददाता
  • कार्तिक २ २०७९, बुधबार

पोखरा/ नेपाली कांग्रेस गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माले कास्कीका सवै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी उन्मुख भईसकेको बताएका छन् । मंगलबार कास्की क्षेत्र नं १ को सम्पर्क कार्यालय उद्घाटन गर्दै नेता शर्माले व्यक्तिसँग भएको साधन, श्रोत र उर्जालाई उपयोग गरेर शिक्षा, स्वास्थ्य र रोजगारी प्रदान गर्नु पहिलो प्राथमिकता गठबन्धनका उम्मेदवारले बोकेको समेत उल्लेख गरे ।

पलेखनाथ स्थित बुढीवजारमा रहेको सम्पर्क कार्यलय उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री यज्ञबहादुर थापाले हिजोको दिनमा तारानाथ रानाभाटले जितेको क्षेत्र मैलेसमेत जित्दा र माओवादीले २ पटक जितेको क्षेत्रमा हामी सँगै (गठबन्धन) लड्दा विजय निश्चित रहेको ठोकुवा गरे । सभामा माओवादी केन्द्र कास्कीका अध्यक्ष राजकाजी गुरुङ (करण)ले पार्टीको निर्देशनलाई पूर्ण कार्यान्वयन गर्दै अघि बढेर सवै उम्मेदवारलाई विजयी गराउने जिम्मा हामी सबैको भएको बताए । सभामा नेकपा एसका नेता चुणामणि जंगलीले ५ दलिय गठबन्धन एकढिक्का भएर अघि बढ्नुको विकल्प नभएको बताए ।

सभामा नेका कास्कीका सभापति एवं संघ तर्फका उम्मेदवार किश्वरदत्त बरालले विकास निर्माणलाई योजनाबद्ध ढंगबाट प्राथमिकता दिँदै ठुला र साना विकासलाई दीगो स्तरमा लैजान आफूहरुको योजना रहेको उल्लेख गरेका थिए । नेकपा माओवादी केन्द्रका नेता एवं गण्डकी प्रदेशका पुर्व सांसद कास्की क्षेत्र नं १ (क) का उम्मेदवार दिपक कोइरालाले नेकपा एमालले हारको मनस्थितिमा पुगेर झुटको खेती गरिरहेकोमा चिन्ता गरे । ५ दलीय गठबन्धनका संयोजक राजेन्द्रमणि लामिछानेको अध्यक्षतामा भएको सभामा समानुपातिक उम्मेदवारहरुको तर्फबाट बोल्दै रुख चिन्हकी नेतृ सरस्वती गुरुङले हामीले गरेका कामहरुलाई संस्थागत गर्दै मतदातासँग मत मागिन ।

सदस्य सचिव सरोज कसीले सञ्चालन गरेका सभामा माओवादी केन्द्रका नेता कोमलनाथ बराल, विनय थापा, समाजवादीका नेता पुर्ण लामा, दुर्गा गुरुङ, जनमोर्चाका हरिप्रसाद बराललगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->