आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

स्थानीय स्रोत साधनको प्रयोग गरेर बिकास गर्छौं : घर्ती

स्थानीय स्रोत साधनको प्रयोग गरेर बिकास गर्छौं : घर्ती


  • ढोरपाटन संवाददाता
  • कार्तिक २ २०७९, बुधबार

बागलुङ/ बागलुङ क्षेत्र नं. २ प्रदेशसभा ‘क’का स्वतन्त्र उमेद्वार प्रकाश घर्तीले स्थानीय स्तरमै उपलव्ध स्रोत साधनको उपयोग र पूर्वाधार निर्माण आफ्नो प्राथमिकता भएको बताएका छन् । उनले बागलुङको पश्चिम क्षेत्र प्रसस्त सम्भावना बोकेर पनि नेतृत्वका कारण पछि परेको भन्दै यहाँको बिकासमा आफ्नो उमेद्वारी महत्वपूर्ण रहेको बताए ।

चुनावि अभियानका क्रममा बडिगाड गाउँपालिकाका बिभिन्न टोलमा पुगेका घर्तीले स्थानीय स्तरमा उपलब्ध श्रोत साधनको अधिकतम प्रयोग, पुर्वाधार निर्माण र रोजगारी आफ्नो मुल मुद्धा भएको बताए । ताराखोला, गलकोट र बडिगाड विभिन्न श्रोत साधनको खानी भएकोले अधिकतम प्रयोग गर्न सकेमा मात्र यस क्षेत्रमा बिकासको लहर आउने उनको धारणा थियो ।

शिक्षा, स्वास्थ र रोजगारलाइ प्राथमिकतामा राखेर यो क्षेत्रको विकासलाइ तीव्रता दिने घर्तिको प्रतिबद्धता जनाए । उनलाई नेकपा एमाले बागलुङले समर्थन गरेको छ । क्षेत्र नं. २ प्रदेशसभा ‘क’मा नेपाली कांग्रेसका जिल्लासभापति गठबन्धनका उमेद्वार जीत शेरचनसँग घर्तीले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->