बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गठबन्धन टुटाउन देशीविदेशी लागे : शिक्षा मन्त्री पौडेल

गठबन्धन टुटाउन देशीविदेशी लागे : शिक्षा मन्त्री पौडेल


  • ढोरपाटन संवाददाता
  • कार्तिक ३ २०७९, बिहिबार

बागलुङ/नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा आसन्न निर्वाचनमा बागलुङ क्षेत्र नं. २ का उमेद्वार देवेन्द्र पौडेलले प्रतिगमन रोक्न तयार भएको गठबन्धन टुटाउन देशीविदेशी शक्ति लागि परेको बताएका छन् ।

उनले गठबन्धन टुटाउने र प्रतिगामीकै हातमा सत्ता सुम्पिन खोज्ने शक्तिहरु सक्रिय भएका भएपनि उनीहरुको खेल समाप्त भएको बताए । निसीखोला गाउँपालिका निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन गर्दै मन्त्री पौडेलले पाँच दलीय गठबन्धन संविधान सिध्याउनेका विरुद्ध भएको बताए । उनले देशको बिकासलाई अघि बढाउने संस्कृतिको विकाश भएको बताउँदै यो गठबन्धनबाटै फेरी पनि सरकार बन्ने उद्घोष गरे ।

पौडेलले मध्यपहाडी लोकमार्ग निर्माण गर्दा प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारका रुपमा काम गरेको स्मरण गराउँदै ढोरपाटन साल्झण्डीको सडक कालोपत्रेको काम चलिरहेको उल्लेख गरे । क्षेत्र नं. २ को ‘ख’मा प्रदेश सभा सदस्यका उम्मेदवार दोर्णकुमार कुँवरले प्रतिगमनविरुद्ध ५ दलीय गठबन्धन भएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->