आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

जन्मेको ठाउँको विषयमा बहस नगरौं : पौडेल

जन्मेको ठाउँको विषयमा बहस नगरौं : पौडेल


  • ढोरपाटन संवाददाता
  • कार्तिक ४ २०७९, शुक्रबार

बागलुङ/आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट बागलुङ क्षेत्र नं. २ का उमेद्वार देवेन्द्र पौडेलले कसैलाई पनि जन्मथलोकै आधारमा राजनीतिक योगदान कम गरेको आँकलन गर्न नहुने बताएका छन् । पछिल्लो समय नेकपा एमालेले आफ्नो जन्मस्थान र निर्वाचन क्षेत्रको बिषयमा पूर्वाग्रह राखेर प्रचार गरेको आरोप लगाउँदै पौडेलले आँफु आफ्नो निर्वाचन क्षेत्रको विकासमा जिम्मेबार रहेको बताए ।

बागलुङको ताराखोलामा पाँच दलीय गठबन्धनको चुनावी कार्यालयको उद्घाटन गर्दै उनले अदालतले जन्माएको पार्टी नेकपा एमाले भएको आरोपसमेत लगाए । बागलुङका दुरदराजका जनताको पीरमर्का बुझेको बताउँदै जीवनभर जनताकै पक्षमा कामगर्ने विश्वास व्यक्त गरे । मध्यपहाडी लोकमार्गहुँदै काठेखोला नरेठाँटी सुरुङ मार्गको काम अघि बढेको बताउँदै उत्तरगंगा जलाशयुक्त परियोजनाको काम पनि अघि बढ्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->