सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

महिला भलिबलले जोडेको आत्मीयता : मधेशका खेलाडीलाई पहाडियाको सर्मथन

महिला भलिबलले जोडेको आत्मीयता : मधेशका खेलाडीलाई पहाडियाको सर्मथन


  • हरिकृष्ण गौतम
  • कार्तिक ४ २०७९, शुक्रबार

म्याग्दी/ हरेक किसिमका खेलाडीलाई घरेलु मैदानको भरपूर फाइदा हुन्छ । खेलमैदानको चारैतिर छरिएका समर्थकहरुबाट सुनिने हुटिङले खेलाडीको उत्साह बढाउँछ । प्रतिस्पर्धात्मक खेलमा त हुटिङकै कारण पनि खेलमा हार,िजतसम्म हुने गरेका प्रसस्तै उदाहरणहरू छन् । म्याग्दीको सदरमुकाम बेनीमा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला भलिबल प्रतियोगिता त्यस्तो देखिएन ।

प्रतियोगितामा कमजोर खेल प्रर्दशन गरेका मदेश प्रदेश, सुदुरपश्चिम प्रदेश र प्रदेश नं १ का खेलाडीलाई दर्शकले हुटिङ गरी हौसला बढाइरहेका थिए । गत बिहीबारको उद्घाटन खेलमा गण्डकी प्रदेशले लगातार सोझो तीन सेटमा सुदुरपश्चिम प्रदेशलाई हराउँदै विजयी बनेको थियो ।

गण्डकी प्रदेशकी कप्तान अरुणा शाही सहित पाँच खेलाडी घरेलु मैदानमा खेलेपनि भलिबल प्रेमीहरूले खेलमा सुदूरपश्चिमका खेलाडीलाई साथ दिएका थिए । लिक कम नकआउटका सबै खेलमा कमजोर खेल देखाएको सुदुरपश्चिमका खेलाडीले खेल अवधीभर दर्शकको समेत धेरै माया पाए ।

पहिलो चरणकै कर्णाली प्रदेश र सशस्त्र प्रहरी बल (एपिएफ)को खेलमा दर्शकको समर्थन कर्णालीलाई दिएका थिए ।सुदूरपश्चिमजस्तै मधेशबाट पहाडमा उक्लिएर खेलेका खेलाडीलाई आयोजकले नाम लिएपछि खेलाडीको हौसला बढाउन पुगेका दर्शकले नामै लिएर हौसिएका देखिन्यो। क्वारटफाइनलबाट सेमिफाइनलमा प्रवेश गर्ने खेलमा गण्डकी प्रदेश र प्रदेश नं १ बिचको खेलमा समेत उस्तै दृष्य देखिएको थियो ।

विगागीय टोलीसँगै कमजोर खेल खेलेपनि सुदुरपश्चिम, कर्णाली, प्रदेश नं १, लुम्बिनी र मधेश प्रदेशका खेलाडी दर्शक र स्थानीय आयोजकको मायाले निरास देखिँदैनथे । दर्शकबाट प्राप्त हौसलाले खेलाडी तथा प्रशिक्षक खुसी थिए। खेलपछि मैदानमा आयोजक, स्वयंमसेवक र दर्शकले समेत विभागीय टोली, राष्ट्रिय खेलाडी बाहेक पहिलोपटक भलिबलको राष्ट्रिय खेलमा डेब्यू गरेका नयाँ अनुहारसँग तस्वीर लिन र कुराकानी गर्ने गरेका थिए ।

प्रतियोगितामा राम्रो खेलाडीलाई सम्मान र नयाँ र पहिलोपटक राष्ट्रिय खेल खेल्दै गरेका उमेरले २० बर्ष मुनिका खेलाडीको पक्षमा समर्थन गर्ने बढी भेटिए। लिग र क्वाटरफाइनलसम्मको खेलमा कमजोर खेल देखाउने प्रदेशका खेलाडीमा समर्थन बढी देखियो । हिमाल,पहाड,तराईः कोही छैन पराई भन्ने नारा अहिले खुल्लामञ्चमा प्रयोग भइरहेको छ ।

एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने मूल नारासहित सुरू भएको खेलको उद्घाटन सत्रमै आयोजित प्रभातफेरीमा स्वागत र खेलमैदानमा दर्शकको मायाँबाट उत्साहित भएको मदेश प्रदेशकी कप्तान प्रजुना थापाले बताईन् ।

‘पहाडी क्षेत्रमा आएका खेल खेल्दा पाएको मायाँ अविस्मरणीय छ, बेनीलाई सधै सम्झिन्छौ’ थापाले भनिन् । उनले न्यानो स्वागत र खेलमा दर्शकको साथबाट पराजित भएपनि विजय भएजस्तै महसुस भएको बताईन् । उनले आफ्नै क्षेत्रका खेलाडीभन्दा धेरै मायाँ पाएर उत्साहित भएको बताईन् ।

यता प्रतियोगितामा पराजित भए पनि म्याग्देली दर्शक र स्थानीय ब्यवस्थापकको साथ र सहयोगले उत्साहित भएर फर्किएको कर्णाली प्रदेशका प्रशिक्षक मोतिराम राम्टेलले बताए । ‘हाम्रो खेलाडीले म्याग्दीमा राम्रो साथ र समर्थन पाए,‘यो खेलले जोडेको मिठो सम्बन्ध हो’ प्रशिक्षकले राम्टेलले भने । उनले खेलमार्फत जोडिएको सम्बन्ध लामो र दिगो हुने बताए ।

यता घरेलु मैदानमै खेलिरहेका गण्डकी प्रदेशको टोलीमा रहेका म्याग्देली खेलाडीले समेत बाहिरी जिल्लाका खेलाडीलाई दिइएको मायाँले देशभरी म्याग्दीको प्रचारप्रसार र सकारात्मक सन्देश प्रवाह भएको बताएका छन् । प्रतियोगितामा गण्डकी प्रदेशको कप्तान अरुणा शाही र नेपाल प्रहरीकी कप्तान कमला पुनको गृह जिल्ला म्याग्दी भएपनि दर्शकले कमजोर मानिएका प्रदेशका खेलाडीलाई दिएको साथ र सहयोगले समग्रमा खेलको जित भएको जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->