बागलुङ/नेकपा एमालेका उम्मेदवारहरुले जनभेटघाटलाई तिब्र बनाएका छन् । भेला, बैठक तथा अन्तरक्रियामा सहभागि हुने तथा बँचेको समय जनभेटघाट गर्दै आएका हुन् । शुक्रबार उम्मेदवारहरुले जिल्लाका सबै निर्वाचनमा क्षेत्रमा सर्वसाधारणको घर घरमा पुगेर भेटघाट गरेका छन् ।
बागलुङ क्षेत्र नं. १ प्रतिनिधिसभा उम्मेदवार डा. सूर्य पाठकले बितेका पाँच वर्षमा एका कामलाई संस्थागत गर्ने र सुरुवात भएर रोकिएका कामलाई पूर्णता दिन फेरि जनताको घरदैलोमा आएको बताए । बागलुङ नगरपालिका–५ र ६ का विभिन्न टोलमा पुगेका उम्मेदवार पाठकले आफू सधैं जनताकै साथमा रहेकाले जनताले विश्वासको मत दिने बताए ।
क्षेत्र नं. १ प्रदेसभा ‘क’का उमेद्वार हिराबहादुर केसीले देशले युवाको नेतृत्व चाहेको भन्दै एमालेले चुनावी मैदानमा ल्याएका युवा उम्मेदवारहरुलाई जिताउन आग्रह गरे ।
बागलुङ क्षेत्र नं. २ प्रतिनिधिसभा उमेद्वार मञ्जु शर्मा चालिसेले शुक्रबारदेखि तमानखोला गाउँपालिकामा जभेटघाट थालेकी छन् । चालिसेसहित क्षेत्र नं. २ प्रदेशसभा ‘ख’का उमेद्वार लक्ष्मण पुनपनि जभेटघाटका लागि तमानखोलामा छन् । तमानखोला गाउँपालिका–१ को पहिरागाउँमा शुक्रबार जभेटघाट गर्दै चालिसेले पश्चिम बागलुङले पहिलो पटक आफ्नै गाउँको उमेद्वार संसदमा पठाउने अवसर आएको बताइन् ।
प्रदेशसभा ‘क’का स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीसहित एमाले नेताहरुले गलकोट नगरपालिकाको काँडेबासमा जनभेटघाट गरेका छन् । काँडेबासका सर्वसाधारण्लाई सम्बोधन गर्दै एमाले नेता गोविन्द नेपालीले देशको मुहार फेर्ने र यथास्थिति चाहनेको बीचमा मंसिर चारको चुनाव आएको बताए ।
बागलुङ क्षेत्र नं. १ प्रदेशसभा ‘ख’का उम्मेदवार नवराज पौडेलले शुक्रबार जैमिनी नगरपालिका–६ मा जभेटभाट गरेका छन् । पौडेलले पछिल्लो समय बागलुङको दक्षिणमा भैरहेको बसाइसराइ रोक्नु प्रमुख चुनौती रहेको बताए । १२ औ जनगणनाको प्रारम्भिक नतिजाले बागलुङमा जनसंख्या घट्दो देखाएको भन्दै पौडेलले त्यसको प्रमुख कारण बसाईसराई भएको बताए । उनले बिकास गाउँ पु¥याउने र बसाइसराइ रोक्ने नीति ल्याउन आफू जनताको बीचमा आएको बताए ।





