आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

संबिधान बनाउन जनताको रगत बगेको छ : पौडेल

संबिधान बनाउन जनताको रगत बगेको छ : पौडेल


  • ढोरपाटन संवाददाता
  • कार्तिक ७ २०७९, सोमबार

बागलुङ/ बागलुङ क्षेत्र नं. २ मा सत्ता गठबन्धनका उम्मेद्वार तथा नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालको संविधान २०७२ तयार हुँदा धेरै जनातको रगत बगेको बताएका छन् । बलिदानीबाट बनेको संविधान माथि पटक पटक प्रहारको प्रयास भएको भन्दै पौडेलले जनताले रगत बगाएर बनाएको संविधान माथि कसैको आँखा लाग्न नहुने बताए ।

बडिगाड गाउँपालिकामा चुनावी सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न जनताको बलिदान भएको बताए । ‘शान्ति प्रक्रियामा होस् या, शान्ति प्रक्रियापछि ल्याएको प्रणालीलाई संरक्षण गर्न लोकतान्त्रिक पक्षधर एक ढिक्का भएका हौ’ सत्ता गठबन्धनको बचाउ गर्दै पौडेलले भने, ‘यो गठबन्धनलाई टुट्याउन षड्यन्त्रकारी लागि परिरहेका छन् ।’
यसअघिकोे सरकारले विदेशी कुटनीतिक क्षेत्र बिगारेको भन्दै गठबन्धन सरकारले त्यसलाई सुधार गर्दै अर्थ प्रणालीलाई थप मजबुद बनाउने काममा लागि परेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->