बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गोरखा आएर प्रचण्डले भने, ‘यो चुनाव मेरा लागि अहिलेसम्मकै सहज छ’

गोरखा आएर प्रचण्डले भने, ‘यो चुनाव मेरा लागि अहिलेसम्मकै सहज छ’


  • ढोरपाटन संवाददाता
  • कार्तिक १३ २०७९, आइतबार

गोरखा / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपटकको निर्वाचन आफ्ना लागि अहिलेसम्मकै सहज भएको बताएका छन् ।

आइतबार गोरखामा आयोजित कार्यक्रममा उनले गोरखाबाट उम्मेदवार हुँदा रिल्याक्स महसुस गरेको बताए ।

‘गोरखा आउन पाएकोमा गौरवान्वित भएको छु, एकदमै खुशी छु । अहिलेसम्मका निर्वाचनमध्ये मेरो लागि सबैभन्दा सहज यही हो’ उनले भने, एक ढंगले यहाँ आउँदा रिल्याक्स फिल गरेको छु ।’

प्रचण्डले आफू निश्चित सपना बोकेर गोरखा आएको भन्दै अब विकास र समृद्धिको यात्रा गोरखाबाट सुरु गर्ने बताए । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा गोरखा-२ बाट यसअघि निर्वाचित नेता डा. बाबुराम भट्टराईप्रति प्रचण्डले कृतज्ञता व्यक्त गरे ।

‘सधैं एउटै मान्छे हुनु ठीक होइन भनेर उहाँले उदारता व्यक्त गर्नुभयो, तर मलाई मलाई यहाँ हुनुपर्छ भनेर जोड गर्नुभयो । म उहाँलाई धन्यवाद दिन चाहन्छु’ प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->