बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

समृद्धिका लागि पर्यटन प्रवर्धनमा जोड दिन्छौ : एमाले उमेद्वार

समृद्धिका लागि पर्यटन प्रवर्धनमा जोड दिन्छौ : एमाले उमेद्वार


  • ढोरपाटन संवाददाता
  • कार्तिक १४ २०७९, सोमबार

बागलुङ /बागलुङ क्षेत्र नं. १ प्रतिनिधिसभामा नेकपा एमालेका उमेदवार डा.सूर्य पाठकले समृद्धिका लागि पर्यटन क्षेत्रको बिकास र प्रबद्र्धन आवश्यक रहेको बताएका छन् । काठेखोला गाउँपालिका–३ धम्जा स्थित पर्यटकीय स्थल बेलढुंगाबाट प्रतिनिधिसभाका उमेदवार पाठक र क्षेत्र नं. १ प्रदेसभा ‘क’का उमेदवार हिरा बहादुर केसीले पर्यटन क्षेत्रको प्रबद्र्धनमा लाग्ने प्रतिबद्धता जनाए ।

चुनावी अभियानका क्रममा आइतवार धम्जा पुगेका उमेदवारद्वयले पर्यटकीय स्थल बेलढुंगामा पुगेर देशको समृद्धिका लागि पर्यटनको विकास आवश्यक रहेको बताए । पर्यटन प्रवद्र्धनका लागि आफुहरुले योजनावद्ध रुपमा काम गर्ने उनीहरुको प्रतिवद्धता छ ।

‘नेपाल पर्यटनको प्रशस्त संभावना भएको देश हो, बाह्य तथा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि स्थानीय तह र वडा कार्यालयहरुसंग समन्वय गरेर काम गर्ने वातावरण बनाउँछौं’ उनीहरुले भने ।
२६०० मिटर उचाईमा रहेको बेलढुंगा पछिल्लो समय आन्तरिक पर्यटनको केन्द्र बन्दै गएको छ । बेलढुंगाबाट धौलागिरी, अन्नपूर्ण, निलगिरी, माछापुच्छ्रे, मानापाथी लगायत दर्जनौ हिम श्रृखलाहरु देख्न सकिन्छ । एमाले उमेदवारहरु सहितको टोलीले आइतवार बेलढुंगाको अवलोकन गरेको थियो ।

बेलढुंगा सामुदायिक होमस्टे र स्थानीय वासिन्दाको व्यवस्थापनमा पर्यटनको केन्द्र बन्दै गैरहेको बेलढुंगाको थप विकासका लागि आफुहरुले सहयोग गर्ने प्रतिवद्धता पनि उमेदवारद्वयले बताए ।
एमाले उमेदवारहरु सहितको टोलीले आइतवार धम्जाका द्वार, माझकटेरा, सायकोट, ओखले, असोज, देउराली, धम्जा लगायत स्थानमा भेटघाट सहित घरदैलो गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->