आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

ओलीले जनमत सम्हाल्न सकेनन् : पौडेल

ओलीले जनमत सम्हाल्न सकेनन् : पौडेल


  • ढोरपाटन संवाददाता
  • कार्तिक १४ २०७९, सोमबार

बागलुङ/ बागलुङ क्षेत्र नं. २ का प्रतिनिधिसभा उमेद्वार तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाई जनमत सम्हाल्न असफल भएको आरोप लगाएका छन् । आइतबार बडिगाड गाउँपालिका वडा नम्बर ९ र १० मा साझा गठबन्धनको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले केपी शर्मा ओलीले दुई तिहाईको जनमत सम्हाल्न असफल भएको आरोप लगाए । उनले लोकतन्त्र र परिर्वतनको पक्षमा उभिन आग्रह गर्दै गठबन्धनका साँझा उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।

‘अब बन्ने सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्छ’, उनले भने, ‘राजनीतिक स्थायीत्वको लागि चुनाव पछि गठबन्धनको सरकार बन्छ ।’ पौडेलले बाचुन्जेल बागलुङको विकासकालागि लागि परिरहन बताए । बागलुङ जिल्ला सुरुङ मार्गको युगमा प्रवेश गरेको बताउँदै उनले अहिल नै सम्भाव्यता अध्ययनका लागि सरकारले बजेट छुट्याएको बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->