आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

लोकतन्त्र जोगाउन चुनावी लडाईं : राजमो अध्यक्ष केसी

लोकतन्त्र जोगाउन चुनावी लडाईं : राजमो अध्यक्ष केसी


  • ढोरपाटन संवाददाता
  • कार्तिक १४ २०७९, सोमबार

बागलुङ/ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आगामि मंसिर ४ गतेको निर्वाचन व्यक्तिको नभई बिधिको लडाईं भएको बताएका छन् । बागलुङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उमेद्वार रहेका अध्यक्ष केसीले राजनीतिक स्थायीत्वका लागि बाम लोकतान्त्रीक गठबन्धन भएको भन्दै संबिधानको रक्षा र राष्ट्रियताको रक्षाका लागि चुनावी लडाईं लड्नुपरेको बताए ।

केसीले बिधि र पद्धती मासेर देश नबच्ने भन्दै देश र संबिधान बचाउनका लागि आँफुहरु एकैठाउँ हुनुपरेको बताए । सोमबार (आज) बिहान काठेखोला गाउँपालिकाका बिभिन्न वडामा घरदैलो गरिरहेका केसीले जनताका समस्या संसदसम्म पूर्याउनका लागि आँफु जनताकै घरदैलोमा आएको बताए ।

घरदैलो कार्यक्रममा बागलुङ निर्वाचन क्षेत्र नं. १ प्रदेसभा ‘क’का उमेद्वार दिपेन्द्र बहादुर थापाले संविधानको रक्षा र दिगो बिकाशका लागि गठबन्धनको बिकल्प नरहेको बताउदै गठबन्धनका उम्मेदवारहरु लाई बिजयी गराउन अनुरोध गरे । कार्यक्रममा नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य रामजी प्रसाद शर्मा, नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण केसी, नेपाली काँग्रेसका प्रदेश समानुपातिक उम्मेदवार ज्ञान कुमारी श्रीस, चम्पादेबि खडका, राष्ट्रिय जनमोर्चा प्रदेश समानुपातिक उम्मेदवार लक्ष्मी बास्कोटा, एकिकृत नेकपा माओबादी का प्रदेश समानुपातिक उम्मेदवार कुशुम बुढा, लक्ष्मी खडका, पाँच दलिय गठबन्धन निर्वाचन परिचालन समिति काठेखोला २ का संयोजक बिदुर भण्डारी, तोरणध्वज मल्लले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->